सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज बिहान खसेको पहिरोले पुरिएर ३८ जना बेपत्ता भएका छन्। पुरिएकामध्ये तीन जनाको शव निकालिएको छ।
गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले पहिरोले ३७ घर पुर्दा ३८ जना पुरिएको जानकारी दिइन्। उनका अनुसार, पाँच जना गम्भीर घाइतेलाई उपचारका लागि चौतारास्थित अस्पताल लगिएको छ।
उनका अनुसार, उद्धार कार्य शुरु भइसकेको छ। पुरिएकामध्ये तीन जनाको शव निकालिएको छ।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा पहिरो प्रभावित स्थान लिदी पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन्।
जुगल गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष प्रताप लामाले स्थानीयले पहिरोबाट ठूलो मानवीय क्षति भएको जानकारी आफूलाई गराएको बताएका थिए।