वीरेन्द्रनगर : बिहिबार सुर्खेतमा थप १८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर नमुना परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेकबेसी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमितहरुमा १ देखि १३ वर्ष उमेरका ५ बालबालिकासमेत रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
सुर्खेतमा थपिएका संक्रमितसहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २० हजार २५ पुगेको छ।
सो प्रदेशमा अहिलेसम्म १९ सय १ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।