शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सरकारी सुविधा लिनेमा प्रचण्ड परिवारकै १० जना

होस्ट खबर by होस्ट खबर
२८ श्रावण २०७७, बुधबार
283
SHARES
534
VIEWS
FacebookTwitter
सरकारी सुविधा लिनेमा प्रचण्ड परिवारकै १० जना

नेपाल न्यूज/काठमाडौँ : गणतन्त्र स्थापनापछि सरकारी सुविधा उपभोगका दृष्टिले सबैभन्दा बढी फलिफाप कुनै नेतालाई भएको छ भने त्यो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भएको देखिन्छ।

दाहालका परिवारको एउटा यस्तो वयस्क सदस्य छैनन्, जसले सरकारी सेवा सुविधा नपाएका हुन्। सबैजसो सदस्यले कुनै न कुनै सरकारी सुविधा भोग गरिरहेका देखिएको छ। प्रचण्डको परिवारका ५ जना त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य छन्।

दाहाल आफैँ सत्तारुढ दलका शक्तिशाली अध्यक्ष हुन्। चितवन–३ बाट प्रतिनिधिसभामा निर्वाचित उनले संसद सचिवालयबाट नियमित सरकारी तलबभत्ता लिन्छन् भने पुर्व प्रधानमन्त्रीको हैसियतमा गाडी, पेट्रोल, डिजल र ड्राइभरको समेत सुबिधा पाउँछन्।

पूर्व प्रधानमन्त्रीहरू मध्ये दाहालमात्रै एक यस्ता नेता हुन्, जसले दुई–दुईवटा सरकारी सवारी मात्रै प्रयोग गर्दैनन्, अगुवा–पछुवा सवारीसहित झन्डै ५९ सुरक्षाकर्मीको सुरक्षा सुविधा पनि लिन्छन्। यति धेरै सुरक्षा सुविधा लिने सम्भवतः तत्कालीन राजाहरू पछाडी दाहाल नै हुन्।

‘प्रचण्ड निवासमा मात्रै झन्डै दर्जन बढी सरकारी गाडी पार्किङ हुन्छन्,’ खुमलटारनिकट एक सदस्यले भने, ‘एउटा परिवारको निवासमा यति धेरै सरकारी सवारी देखिएको सम्भवतः यो पहिलो र अन्तिम घटना हो।’ प्रचण्ड मात्रै होइन, उनका परिवारमा सरकारी गाडीसहित अन्य सुविधा लिने एक दर्जन छन्।

त्यसो त दाहालले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिलाएर सुरुमा प्रतिनिधिसभाको सांसद बनाए। त्यसपछि केपी ओली सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी दिलाए। त्यतिमात्रै होईन, गत शुक्रबार बसेको नेकपा सचिवालय बैठकवाट बुहारी मगरलाई अध्यक्ष दाहालले खानेपानी तथा सरसफाई विभागको नेतृत्व दिलाएका छन्। पार्टीको केन्द्रीय विभागको नेतृत्व गर्ने मगर सबैभन्दा कान्छी नेतृ पनि हुन्।

दाहालले माइली छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् भने उनै रेणुलाई केन्द्रीय सदस्य पनि बनाएका छन्। रेणुका श्रीमान अर्जुन पाठक पनि भरतपुर नगरपालिकामा विज्ञमा रुपमा कार्यरत छन्, पाठकले सवारीसहित अन्य सुविधा लिँदै आएका छन्।

जेठो ज्वाइँ सागर केसी सभामुख कृष्णबहादुर महराको सचिवालयमा कार्यरत छन्। सवारीसहित सरकारी सुविधा लिएका केसी दिवंगत ज्ञानुका श्रीमान हुन्।

कान्छो ज्वाइँ जीवन आचार्यले पनि सरकारी सुविधा उपभोग गरिरहेका छन्। उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालयमा विज्ञको रुपमा कार्यरत आचार्यलाई सवारीसहित तलबभत्ता र अन्य सुविधा दिईएको छ।

छोरी रेणुका नन्दे ज्वाइँ चुडामणि खडकालाई प्रतिनिधिसभामा सांसद बनाएका छन्। अपाङ्गता भएका व्यक्तिको कोटामा खडका समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पुगेका हुन्। त्यसअघि खडका दाहालको स्वकीय सचिवालयको जिम्मेवारीमा थिए।

त्यतिमात्रै होइन, प्रचण्डले भाइ नारायण दाहाललाई नेकपाको प्रदेश ३ को पार्टी इन्चार्ज बनाएका छन भने बैनी ज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पताल सञ्चालक समितिको अध्यक्ष बनाएका छन्। उनी पनि सरकारी सुविधा उपभोग गरिरहेका छन्।

पछिल्लो समयमा भतिजो महेश दाहाललाई प्रचण्डले अष्ट्रेलियाका लागि राजदूत बनाएका छन्। संसदीय सुनवाइ समितिवाट पनि अनुमोदित भईसकेका महेश प्रचण्ड परिवारबाट सबैभन्दा पछि सरकारी सुविधा लिने व्यक्ति हुन्।

सरकारी सुबिधामा मात्रै होइन, प्रचण्डका परिवारका ५ जना केन्द्रीय समितिमा छन् । प्रचण्डसहित भाइ नारायण, छोरी रेणु, बुहारी बिना र सम्धीका ज्वाइँ चुडामणि खडका केन्द्रीय कमिटीमा छन्। बुहारी सिर्जना कास्की जिल्ला कमिटीमा छन् भने ज्वाइँ जीवन मोरङ जिल्ला कमिटीमा रहेका छन् ।

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज
मुख्य समाचार

मतदानको दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने
मुख्य समाचार

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

२८ श्रावण २०७७, बुधबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२८ श्रावण २०७७, बुधबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

२८ श्रावण २०७७, बुधबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२८ श्रावण २०७७, बुधबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

२८ श्रावण २०७७, बुधबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

२८ श्रावण २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.