दिपायल : डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ३२ जना घाइते भएका छन् ।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट ३० मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।