सुर्खेत : मंगलबार कर्णालीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । दैलेख अस्पताल, प्रदेश अस्पताल सुर्खेत, चौरजहारी नगरपालिकाको प्रयोगशाला लगायतमा गरिएको पिसिआर परिक्षणमा ती ११ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तिमा सुर्खेतका १, सल्यानका २, दैलेखका २, पश्चिम रुकुमका १, सर्लाहीका १ र धनुषाका १ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् ।
महाशाखाले जनाए अनुसार कर्णालीका विभिन्न अस्पताल र आइशोलेसनबाट मंगलबार ११ जना कोरोना निको भई डिस्चार्ज समेत भएका छन् । यो संगै प्रदेशमा सक्रिय बिरामीको संख्या १ सय १४ जना रहेको छ ।