बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

मोबाइल बैंकिङ र एटिएममा बैंकहरूको मनपरी शुल्क

होस्ट खबर by होस्ट खबर
२७ श्रावण २०७७, मंगलवार
244
SHARES
461
VIEWS
FacebookTwitter
मोबाइल बैंकिङ र एटिएममा बैंकहरूको मनपरी शुल्क

काठमाडौं : बैंकहरूले मोबाइल बैंकिङ तथा एटिएम सेवा दिएबापत् मनपरी शुल्क असुल्न थालेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएदेखि बैंकहरूले विभिन्न बहानामा शुल्क काटिएको म्यासेज पठाउन थालेका हुन्। कहिले मोबाइल बैंकिङ त कहिले एटिएम शुल्क तथा अन्य विविध शुल्कको नाममा ग्राहकसँग चर्को शुल्क असुलिरहेका छन्।

बैंकले व्यक्तिको खाताबाट ५०० रूपैयाँ, १००० रूपैयाँ काटिएको भन्दै म्यासेज पठाउँदा सेवाग्राहीहरू आतंकित भइरहेका छन्। केही समयका लागि बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दा निःशुल्क हुने व्यवस्था मिलाए पनि अन्य समयमा मनलाग्दी शुल्क लिने गरेका छन्।

त्यस्तै इन्टरनेट बैंकिङको वार्षिक शुल्क लिने बैंकहरूले कारोबारपिच्छे नै शुल्क लिने गरेकासमेत उदाहरण छन्। शून्य मौज्दात तथा एक रूपैयाँमै खाता खोल्न पाउने भन्दै खाता खोल्न लगाउने र कारोबार गर्दै गएपछि बिस्तारै विभिन्न शुल्कको बहानामा पैसा काट्ने गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानीपछि अर्को राम्रो आम्दानीको स्रोत हो ुफि एण्ड कमिसनु बैंकिङ शुल्क तथा कमिसन। ब्याज आम्दानी घट्न थालेपछि बैंकहरू अन्य स्रोत खोज्न थालेका हुन्।

साधारणतया एउटा ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम अनिवार्य प्रयोग गर्छन्। यसका लागि बैंकपिच्छे नै फरक(फरक शूल्क लिने व्यवस्था छ। २७ वटा वाणिज्य बैंकमध्ये कसैको पनि शुल्कमा एकरूपता छैन।

त्यहि एटिएम प्रयोग गर्दा एउटा बैंकले वार्षिक एक सय रूपैयाँ लिन्छ अर्को बैंकले ५०० रूपैयाँ लिन्छ। नबिल बैंकले एटिएम प्रयोग गर्दा वार्षिक ५०० रूपैयाँ लिन्छ। अर्को नेपाल बंगलादेश बैंकले तीन वर्षका लागि ५०० रूपैयाँ लिन्छ। सिभिल बैंकले वार्षिक ३०० रूपैयाँ लिने गरेको छ।

सिभिल बैंकका ग्राहकले न्यूनतम मोबाइल बैंकिङ, एटिएम र इन्टरनेट बैंकिङको सुविधा लिए भने वार्षिक ५५० रूपैयाँ भुक्तानी गर्नु पर्छ। निक्षेपकर्ताले आफूसँग भएको पैसा बैंकमा लगेर राखेका हुन्छन्। त्यही निक्षेप परिचालन गरी नाफा कमाउने बैंकहरूले आफ्नोमा पैसा राख्नेसँगै विभिन्न बहानामा शुल्क लिने गरेका हुन्।

सरकारले सामान्यभन्दा सामान्य कामका लागि पनि बैंक खाता खोल्न अनिवार्य गरिसकेको छ। सामाजिक सुरक्षा बापतको रकम भुक्तानी गर्नेदेखि लिएर धेरै क्षेत्रमा बैंकिङ प्रणाली जोडिसकेको छ। जस्तो, ज्येष्ठ नागरिकले नेपाल सरकारले दिएको वृद्ध भत्ताका लागि बैंकमा खाता खोले। उनीहरूले मोबाइल बैंकिङ, इन्टरनेट बैंक तथा एटिएम प्रयोग गर्दा न्यूनतम ५०० रूपैयाँदेखि १५०० रूपैयाँसम्म भुक्तानी गर्नुपर्छ।

यस्तो अवस्थामा सरकारको डिजिटल बैंकिङको अवधारणा कसरी सफल हुन्छरुु, एक बैंकका कर्मचारी भन्छन्।

यस्तै विद्यार्थीले समेत बैंकमा खाता खोल्दा उसले खाईनखाई बचाएको पैसा बैंकलाई भुक्तानी गर्नुपर्छ। बैंकहरूको दोहोरो चरित्रका कारण ग्राहकहरू वैधानिकरूपमा लुटिनु परिरहेको उपभोक्ता अधिकारकर्मीहरु बताउछन्।

डिजिटल प्रविधिमा ग्राहकरुलाई आकर्षित गर्दै मानवीय जनशक्ति घटाउनु पर्नेमा हतोत्साहित गर्ने गरी बैंकहरूले विभिन्न बहानामा शुल्क उठाइरहेका छन्। डिजिटल बैंकिङका लागि बैंकहरूले सुरुमा केही लगानी गर्नुपर्छ। साथै त्यसका लागि नियमित रुपमा केही खर्च पनि लाग्छ। तर खर्च लाग्ने भन्दैमा ग्राहकहरूसँग मनलाग्दी पैसा लिनु जायज नभएको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ।

बैंकहरूले लिने शुल्कलाई बिस्तारै नियन्त्रण गर्दै लगिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए। बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दाको शुल्कलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बन्द गरिएको उनको तर्क छ। कोभिड(१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि यस्तो शुल्क नलिने व्यवस्था भए पनि यसलाई कहिल्यै पनि लिन नपाउन बनाउन सकिने उनको धारणा छ।

एकै किसिमको सुविधाका लागि बैंकपिच्छे फरक(फरक शुल्क लाग्ने व्यवस्था नियन्त्रणका लागि पहल हुने उनले बताए। बैंकहरूले लिने यस्ता शुल्कमा राष्ट्र बैंकले केही पनि निर्देशन जारी गरेको छैन। तर यस्तैगरी मनपरी शुल्क लिने हो भने आवश्यक निर्देशन जारी गरिने उनले बताए।

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
अर्थ खबर

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

२७ श्रावण २०७७, मंगलवार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२७ श्रावण २०७७, मंगलवार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२७ श्रावण २०७७, मंगलवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२७ श्रावण २०७७, मंगलवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२७ श्रावण २०७७, मंगलवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२७ श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.