घोरही : महेन्द्र बहुमुखी क्याम्पस दाङका आंशिक प्राध्यापकले पारिश्रमिकका विषयमा नाराबाजी गर्दै क्याम्पस प्रमुखको टेवल कुर्सी जलाएका छन् ।
क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका दुई वटा टेबल, एउटा कुर्सी, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् ।
क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरिएको छ । उनीहरुले कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित नाराबाजी पनि गरेका थिए ।
नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आनदोलन गरिरहेका छन् । माग सुनुवाई नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिए ।
दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् । माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने उनिहरुको चेतावनी छ ।