आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुदुरपश्चिममा सङ्क्रमित घरका कम्तीमा २ जनाको कोरोना परीक्षण हुदै

होस्ट खबर by होस्ट खबर
२४ श्रावण २०७७, शनिबार
194
SHARES
366
VIEWS
FacebookTwitter
क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने

महेन्द्रनगर : समुदाय स्तरमा कम्तीमा संक्रमित घरका २ जनाको कोरोना भाइरस संक्रमण परिक्षण हुने गरी सुदूरपश्चिम प्रदेश सरकारले स्वाब सङ्कलन शुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । ‘कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौं’, उनले भने, ‘सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरिसकेका छन् ।’

शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ । जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन् ।

‘यहाँ अहिलेसम्म समुदायस्तरसम्म कोरोना फैलिसकेको छैन ।’ निर्देशक डा। अवस्थीले भने, ‘सङ्क्रमित अधिकांश बाहिरबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।’ सङ्क्रमित देखिएकामध्ये ७० प्रतिशत बिरामी निको भएर घर फर्किसकेको अवस्था रहेको छ ।

हालसम्म सुदूरपश्चिममा तीन हजार ९३८ जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ भने कोरोना सङ्क्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई–दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भइसकेको छ । निर्देशक डा। अवस्थीले समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको बताए ।

‘डोटीका बढी सङ्क्रमित स्थानीय तहमा समुदायका ४५० जनाको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ’, उनले भने, ‘अन्य जिल्लामा पनि सङ्क्रमित व्यक्तिका घरका अन्य सदस्यको पनि परीक्षणको काम चलिरहेको छ ।’

सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, डडेल्धुरामा पिसिआर विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ भने बैतडी जिल्लामा पनि परीक्षणको दायरा बढाउन प्रदेश सरकारले पिसिआर पुर्‍याएको छ ।

जिल्ला अस्पताल बैतडीले भने आगामी भदौ दोस्रो साताबाट परीक्षण शुरु गर्ने गरी मेशिन जडानको काम शुरु हुने जनाएको छ । त्यसैगरी कोभिड–१९ डडेल्धुराका सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले पालिकासित समन्वय गरेर समुदायस्तरमा परीक्षण गर्ने तयारी भइरहेको बताए । ‘यहाँको प्रयोगशालाबाट अन्य पहाडी जिल्लाको समेत कोरोना परीक्षण भइरहेको छ’, उनले भने, ‘यहाँ दैनिक औसतमा १५० जनाको कोरोना परीक्षण हुँदैछ ।’

त्यस्तै कञ्चनपुरस्थित कोभिड–१९ का सम्र्पक व्यक्ति सिद्धराज भट्टले यहाँ परीक्षणका लागि सङ्कलन गरिएकामध्ये ५०० को रिपोर्ट आउँनै बाँकी रहेको बताए । ‘समुदायस्तरमा पनि सम्भावित लक्षण देखिए र सङ्क्रमितको सम्र्पकमा आएकालाई प्राथमिकतामा राखेर परीक्षण गर्ने भन्ने निर्देशन छ’, उनले भने, ‘रिपोर्ट ढिलो आउँदा समस्या भइरहेको छ ।’

भारतबाट आएर कञ्चनपुरका क्वारेन्टिनमा बसिरहेका २०२ जनाको स्वाब सङ्कलन बाँकी रहेको उनले बताए । ‘भिटिएम पनि हामीसित थोरै संख्यामा छ’, उनले भने, ‘पालिकासित समन्वय गरेर स्वाब सङ्कलन भइरहेकै छ ।’

स्थानीय तहलाई अधिकार प्रत्योजन

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको जनाएको छ ।

जिल्ला सङ्क्रमणको उच्च जोखिममा रहेकाले जुनसुकै बेला पनि अत्यावश्यक निर्णय गर्नुपर्ने भएको हुँदा आ–आफ्नो पालिकाभित्रको अवस्थालाई हेरेर सम्बन्धित पालिकाले समेत निर्णय गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । यसअघि मुलुकमै पहिलोपटक कञ्चनपुर प्रशासनले गत चैत ९ गते लकडाउन गरेको थियो ।

उनले गृह मन्त्रालयबाट जारी आदेशअनुसार कञ्चनपुर जिल्लामा समेत सवारी साधनमा शुक्रबारदेखि जोरबिजोर प्रणाली कार्यान्वयन गरिने बताए ।

Related Posts

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन
स्वास्थ्य

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएर  महिलाको मृत्यु
ताजा समाचार

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

भारतमा कोरोना सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो
अन्तर्राष्ट्रिय

विश्वमा हालसम्म कोरोनाका कारण १ करोड ५० लाखको मृत्यु

हिमाली जिल्ला म्याग्दीमा दुई जनालाई डेंगु
स्वास्थ्य

कर्णालीमा औलो: ३२ जना बिरामी, ६ ठाउँ उच्च जोखिममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

२४ श्रावण २०७७, शनिबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

२४ श्रावण २०७७, शनिबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

२४ श्रावण २०७७, शनिबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२४ श्रावण २०७७, शनिबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२४ श्रावण २०७७, शनिबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२४ श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.