शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना महामारीमा मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने ?

होस्ट खबर by होस्ट खबर
२४ श्रावण २०७७, शनिबार
169
SHARES
319
VIEWS
FacebookTwitter
कोरोना महामारीमा मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने ?

डा. सुनिल सापकोटा

काठमाडौँ : कोरोना महामारीले ल्याएको अनिश्चितता, बदलिएको दैनिकी, आर्थिक समस्या तथा सामाजिक दूरीले सबैको जीवनमा धेरै परिवर्तन ल्याएको छ। एकातिर हामी आफ्नो स्वास्थ्यलाई लिएर सबै चिन्तित छन् भने अर्कोतिर कतै कोरोना लागिहाल्ने त होइन भनेर चिन्ता पनि सबैमा छ। यो महामारीले भविष्यमा पार्न सक्ने प्रभावलाई लिएर समेत चिन्ता उत्पन्न भएको छ। गलत सूचना, समाचार एवं महामारीको बारेमा चाहिनेभन्दा बढी भ्रम फैलाइएका कारण जीवन नै असुरक्षित रहेको अनुभव धेरैले गर्दै आइरहेका छन्।

महामारीको अवस्थामा तनाव, चिन्ता, डर, उदासिनता अथवा एक्लोपनको महशुस कुनै न कुनै रुपमा सबैले गरेको हुनुपर्छ। पहिलादेखि नै मानसिक समस्या भएकाहरूमा त झनै चिन्ता र डिप्रेसनको समस्या बढ्दै जान सक्छ। फरक यति मात्रै छ कि, यदि तनाव, चिन्ता, डर, उदासिनता अथवा एक्लोपनको उचित व्यवस्थापन गर्न सकियो भने मानसिक रुपमा स्वस्थ हुन सकिन्छ, उचित व्यवस्थापन गर्न सकिएन भने मानसिक समस्याले जेल्दै जान्छ।

केही समय अगाडि हामीले एउटा सरकारी तथ्यांक सुनेका थियौं जसमा भनिएको थियो, तीन महिनाको बन्दाबन्दीको अवधिमा १२ सय जनाभन्दा बढिले आत्महत्या गरेका छन्। यी आत्महत्याको पछाडि कोरोना महामारीको पनि ठूलो हात हुनसक्छ। यदि यस्तै अवस्था रहिरह्यो भने अबको केही समयमा नै मानसिक समस्याले ठूलो महामारीको रुप लिनसक्छ। तसर्थ सबैले मानसिक स्वास्थ्यको ख्याल राख्नु अत्यन्त जरुरी छ।

मानसिक अस्वस्थताका लक्षण

– डर, रिस, उदासिनता चिन्ता तथा निराश भावनाको अनुभव हुनु।
– भोक कम लाग्नु, शरीरको ऊर्जा कम हुँदै जानु तथा काम गर्ने क्षमता घट्दै जानु।
– कुनै कुरामा ध्यान केन्द्रित गर्न तथा निर्णय गर्न कठिन हुनु।
– राम्रोसँग निद्रा नलाग्नु।
– विनाकारण टाउको दुख्नु, शरीर दुख्नु, पेट दुख्नु तथा छालाको समस्या देखिन थाल्नु।
– कुनै पनि दीर्घरोग छ भने बिरामीको अवस्था बिग्रिँदै जानु।
– रक्सी, चुरोट तथा नशाको प्रयोग बढ्दै जानु।
– यौन शक्तिमा ह्रास आउनु।
– नजिका व्यक्तिहरु तथा पारिवारिक सदस्यसँग भावनात्मक दूरी बढ्दै जानु।
– अचानक मुड परिवर्तन हुनु।
– आत्महत्याको विचार आउनु।
– कहिलेकाहीँ मानसिक समस्या, शारीरिक समस्याको रुपमा पनि देखा पर्छन्, जस्तैस् पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने अथवा विनाकारण कुनै पनि दुखाइ हुनु।

मानसिक समस्या समाधानका दुई वटा पाटा रहेका छन्। यदि समस्या एकदमै जटिल अवस्थामा छ अथवा जटिल हुने अवस्थामा छ भने मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु आवश्यक हुन्छ। यदि मानसिक समस्या अहिलेको महामरीको अवस्थाका कारणले मात्रै आएको हो र सामान्य अवस्थामा छ भने आफ्नो मानसिक स्वास्थ्यको ख्याल आफैं राख्न सिक्नुपर्छ। मानसिक स्वास्थ्यको ख्याल राख्ने उपायहरू यस प्रकार रहेका छन् :
– आफ्नो शरीरको ख्याल राख्ने।
– आफ्नो मनको ख्याल राख्ने।
– भावनात्मक रूपमा अरूसँग जोडिने।

१. शरीरको ख्याल राख्ने
शारीरिक तथा मानसिक स्वास्थ्यको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ तसर्थ स्वस्थ मनको लागि स्वस्थ शरीर हुनु जरुरी छ।
– निन्द्रा पुग्नेगरी २४ घन्टामा ६(८ घन्टा सुत्ने, बेलुका चाँडो सुत्ने तथा बिहान सकेसम्म चाँडै उठ्ने।
– नियमित रुपमा कुनै पनि प्रकारको शारीरिक व्यायाम गर्ने। सम्भव भएसम्म योग अभ्यासलाई प्राथमिकता दिने।
– प्राकृतिक सन्तुलित आहार सेवन गर्ने, अस्वस्थकर खाना त्याग्ने।
– कफीको प्रयोग कम गर्ने किनभने कफीमा हुने क्याफिनले डर र चिन्ता बढाउनमा मद्दत गर्छ।
– समयसमयमा शरीर शुद्धी गर्ने तथा उपबास बस्ने।
– जाँड, रक्सी, चुरोट तथा कुनै पनि नशायुक्त पदार्थ सेवन नगर्ने।
– मोबाइल, कम्प्युटर, टिभी जस्ता विधुतीय साधनहरूको प्रयोग कम गर्ने। राति सुत्नुभन्दा १ घन्टा अगाडिबाटै मोबाइल प्रयोग नगर्ने।
– दैनिक रुपमा योग, ध्यान, प्राणायामको अभ्यास गर्ने, यी अभ्यासले शरीर र मनलाई स्वस्थ र शान्त बनाइराख्न मद्दत गर्छन्।

२. मनको ख्याल राख्ने।
– खाली दिमाग सैतानको घरु भनेजस्तै जब हामी खाली बस्छौं तब मनमा अनेक कुरा खेल्न थाल्छन्। तसर्थ कुनै न कुनै रूपमा आफूलाई सक्रिय तथा व्यस्त राख्ने।
– गलत तथा भ्रामक समाचारको पछाडि नलाग्ने, जतिबेला पनि महामारीको समाचारमा केद्रित नहुने।
– सामाजिक सञ्जालको प्रयोग कम गर्ने।
– आफ्नो दैनिक कामलाई व्यवस्थित गर्ने।
– जीवनका सकारात्मक कुराहरुमा ध्यान केन्द्रित गर्ने, आशावादी चिन्तनलाई मनमा ल्याउने, जीवनमा आएको परिवर्तनलाई स्वीकार गर्ने तथा समस्यालाई अवसरको रूपमा हेर्ने।
– आफूले विश्वास गर्ने भगवानको आराधना गर्ने जसले हामीलाई समस्याको सामना गर्नका लागि साहस प्राप्त हुन्छ।
– योग, ध्यान प्राणायामको अभ्यास दैनिक रुपमा गर्ने।
– जीवनमा कुनै न कुनै लक्ष्य निर्धारण गर्ने र त्यसमा काम गर्न सुरु गर्ने।
– जीवनमा अत्यधिक महत्वकांक्षा नराखी सरल र सहज हुन सिक्ने।

३. भावनात्मक सम्बन्धको विकास गर्ने
– भौतिक रुपमा दूरी बनाउनुपर्ने यो अवस्थामा पनि आफ्नो परिवार, साथीभाइ, इष्टमित्रसँग कुनै न कुनै माध्यमबाट नजिक रहने।
– आफ्ना कुराहरु नजिकको तथा विश्वसनीय व्यक्तिसँग व्यक्त गरी भित्रैबाट हल्का हुन सिक्ने।
– आफ्ना मनका कुराहरु अरुलाई व्यक्त गर्न नसकिने अवस्थामा कलात्मक हिसाबले व्यक्त गरी हल्का हुने। जस्तैस् चित्र बनाउने, मुक्तक, कथा, गीत आदि।
– सहयोगी भावनाको विकास गर्ने।

मानसिक स्वास्थ्य विशेषज्ञलाई कतिबेला भेट्ने :
तनाव सबैको जीवनमा सामान्य रुपमा देखिने गर्छ र सबैले आ(आफ्नै तरिकाले यसको सामना गरिरहेका हुन्छन्। महामारीको अवस्थामा अलिअलि चिन्ता, तनाव, डर, त्रास आदि देखिनु सामान्य नै हो। तर माथि उल्लेख गरिएका मानसिक अस्वस्थताका लक्षणहरु लामो समयसम्म रहिरहनु र जसको कारणले दैनिक जीवनयापनमा नकारात्मक प्रभाव पर्दै जान थालेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग अनिवार्य रुपमा परामर्श गर्नुपर्छ।

मानसिक समस्याको उत्कर्षमा देखिने एउटा लक्षण भनेको आत्महत्याको सोच हो। यदि यस्तो सोच उत्पन्न भएको छ भने जतिसक्दो चाँडो मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु अत्यन्त जरुरी छ। विशेषज्ञको सम्पर्कमा पुग्नु अगाडि आफ्नो परिवारका सदस्यहरु, साथीभाइ, इष्टमित्र अथवा नजिकको विश्वसनीय व्यक्तिसँग खुलेर कुरा गर्नुपर्छ।

अन्त्यमा, हामी जति शारीरिक स्वास्थ्यको ख्याल गर्ने गर्छौं त्यति नै महत्व मानसिक स्वास्थ्यलाई पनि दिने गर्नुपर्छ।

स्वास्थ्य खबर

Related Posts

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन
स्वास्थ्य

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएर  महिलाको मृत्यु
ताजा समाचार

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

भारतमा कोरोना सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो
अन्तर्राष्ट्रिय

विश्वमा हालसम्म कोरोनाका कारण १ करोड ५० लाखको मृत्यु

हिमाली जिल्ला म्याग्दीमा दुई जनालाई डेंगु
स्वास्थ्य

कर्णालीमा औलो: ३२ जना बिरामी, ६ ठाउँ उच्च जोखिममा

कोरोनाका कारण भारतमा ६ हजार बढिको मृत्यु
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ३० कोरोना संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

२४ श्रावण २०७७, शनिबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२४ श्रावण २०७७, शनिबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

२४ श्रावण २०७७, शनिबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२४ श्रावण २०७७, शनिबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

२४ श्रावण २०७७, शनिबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

२४ श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.