बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कांग्रेसका ५ लाख क्रियाशील सदस्य थपिने

होस्ट खबर by होस्ट खबर
२३ श्रावण २०७७, शुक्रबार
201
SHARES
380
VIEWS
FacebookTwitter
कांग्रेसले आज पनि सदन अवरुद्ध गर्ने, माइतीघरमा नेविसंघको प्रदर्शन

अन्नपूर्णपोष्ट /काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो।

देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्।

अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।

‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ’, कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले भने। पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो। विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो। यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरूबीच गुटगत राजनीति गहिरिँदै गएका बेला पदाधिकारी बैठक बसेको हो। ‘पछिल्लो समय शीर्ष नेताबीच संवादहीनताको अवस्था थियो, त्यसलाई तोड्ने काम भएको छ,’ एक पदाधिकारीले अन्नपूर्णसँग भने, महाधिवेशनबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल भएको छ।’

महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठनका साथै पूर्णता दिने काम थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। असन्तुष्ट समूहले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिनुका साथै सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराएको थियो।

महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग र विभिन्न समिति गठन गरिएकोप्रति पदाधिकारी बैठकमा पनि पौडेलले असन्तुष्टि जनाएका थिए। ‘अहिले आएर किन विभाग गठन गर्दै हुनुहुन्छ, महाधिवेशन गर्नुपर्ने बेलामा विभाग गठन गर्ने र मनोनीत गर्ने कार्य बन्द गर्नुस्,’ पौडेलले भने, ‘समयमै महाधिवेशन गर्ने सुनिश्चितता गर्नुपर्छ।’ साथै उनले केन्द्रीय समितिको बैठक नै नबोलाई भ्रातृसंस्थाको समयावधि थप गरेकोप्रति पनि असहमति जनाएका थिए।

जवाफमा सभापति देउवाले सहमतिमै विभाग गठन गर्न खोज्दा ढिलाइ भएको बताएका थिए। ‘मैले सुरुदेखि नै तपाईंसँग नाम मागेको थिएँ, दिनु भएन,’ उनले भने, ‘अझै पनि समय छ, नाम दिनुस्। सहमतिमै विभाग गठन गरौं।’ उनले विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको पौडेल समूहको आरोपको खण्डन गरे। ‘तपाईंहरू पनि नाम दिनुस्, मिलेर विभाग बनायो भने कसरी महाधिवेशन प्रभावित हुन्छ ? ’, देउवाले भने, ‘म फागुनमै महाधिवेशन गर्न प्रतिबद्ध छु।’ कांग्रेसले आसन्न फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

पदाधिकारी बैठकको सुरुमै महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको अन्तरिम संरचना समायोजनको काम, भ्रातृसंस्थाको समयावधि थप, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधनलगायतका विषयमा स्पष्ट पारेका थिए। बैठकमा क्रियाशील सदस्यता छानबिन समिति गठनबारे छलफल भए पनि टुंगो भने लाग्न सकेन। कांग्रेस विधानले सभापतिलाई समिति गठनको अधिकार दिएको छ।

सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकमा संयोजक तोक्ने बताएका छन्। साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समिति सदस्यको नाम मागेका छन्।अन्नपूर्णपोष्टबाट

Related Posts

संसदमा प्रधानमन्त्रीलाई नैतिक हुन र राजिनामा दिन दलहरुको दबाब
पत्रपत्रिका

संसद् अवरोध नगर्ने मुडमा प्रतिपक्ष

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल
अन्तर्राष्ट्रिय

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल

मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक गाडी नचल्ने
पत्रपत्रिका

मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
ताजा समाचार

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा
पत्रपत्रिका

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

२३ श्रावण २०७७, शुक्रबार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२३ श्रावण २०७७, शुक्रबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२३ श्रावण २०७७, शुक्रबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२३ श्रावण २०७७, शुक्रबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२३ श्रावण २०७७, शुक्रबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२३ श्रावण २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.