शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

मन्त्री आफै गाउँमा पुगेर चेक हस्तान्तरण

होस्ट खबर by होस्ट खबर
२१ श्रावण २०७७, बुधबार
175
SHARES
330
VIEWS
FacebookTwitter
मन्त्री आफै गाउँमा पुगेर चेक हस्तान्तरण

सुर्खेत : कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले आफै गाउँमा पुगेर योजनाको चेक हस्तान्तरण गरेकी छन् । जिल्लाको चौकुने गाउँपालिका–८, भामले गाउँमा सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षका सबै योजना सम्पन्न भएपछि सोमबार मन्त्री आफै गाउँमा पुगेर लाभान्वित समुदायलाई धन्यबाद दिदै योजनाको चेक हस्तान्तरण गरेकी हुन् ।

यसरी मन्त्री आफै गाउँमा पुगेर योजनाको काम हेर्दै समुदायलाई चेक हस्तान्त्रण गरेको पहिलो उदाहरण हो । चौकुनेको भामले गाउँमा लाभान्वित १४ घरधुरीमा तरकारी टनेल निर्माण कार्य सकिएपछि मन्त्रीले स्थलगत अनुगममन गर्दै समुदायलाई चेक हस्तान्तरण गरेकी छन् ।

त्यहाँका पाँच वटा सहकारी मिलेर संयुक्त सञ्चालक समिति गठन गरी सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत तरकारी उत्पादनका क्रियाकलाप अघि बढाईएको हो । जसमा सहकारी नमुना गाउँ कार्यक्रमको ४५ लाख र चौकुने–५ मा मायाताल डीप बोरिङ्गको २४ लाखको चेक समुदायलाई हस्तान्त्रण गरिएको छ ।

आर्थिक अनियमिततालाई ख्याल गर्दै सञ्चालक समितिद्वारा गाउँमा योजनाको काम सम्पन्न भएपछि मात्रै कामको मुल्यांकनपछि चेक हस्तान्त्रण गरिएको हो । चेक हस्तान्त्रण गर्दै मन्त्री केसीले समाजबाद निर्माणको मोडल तयार गर्न सहकारी नमुना गाउँ कार्यक्रम सुरु गरिएको बताइन् ।

उनले यो कार्यक्रमबाट विस्तारै सबै घरधुरी लाभान्वित हुने बताउँदै कार्यक्रमको लक्ष्य अनुसार काम हुने अपेक्षा व्यक्त गरिन् । कृषि उत्पादन बृद्धि र बजारीकरणबाटै स्थानीय आत्मनिर्भर बन्नुका साथै उनीहरुको जीविकोपार्जनमा सुधार आउने उनको भनाइ छ । मन्त्री गाउँमै आएर चेक बुझाएपछि स्थानीयले खुसी व्यक्त गरे ।

सहकारी नमुना गाउँ कार्यक्रम सञ्चालक समिति अध्यक्ष हिमलाल कँडेलले आत्मनिर्भरका लागि कृषकले तरकारी उत्पादनमा जोड दिएको भन्दै बजार व्यवस्थापनमा समन्वय गर्न गाउँपालिकालाई अनुरोध गरे । सोही अवसरमा चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले सहकारी नमुना गाउँ कार्यक्रमको मोडल अनुसार गाउँपालिकाले पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थलगत अनुगमन गरिएका स्थलहरु :
१। पन्चपुरी वडा नं ३ लगम,तोक्मामा लक्षित वर्ग कार्यक्रम अनुगमन,
२। पशुपंक्षी निर्देशनालयद्रारा संचालित पलाईटेमा प्राविधिक विद्यालयसंगको साझेदारीमा सञ्चालित मत्स्य प्रवद्र्धन कार्यक्रम र प्राविधिक स्कुललाई सहयोग कार्यक्रम अन्तरगतको कार्यक्रम,
३। वराईचेमा नर्सरी उद्घाटन ।
४। गुटुको कृषि वजार निर्माण कार्यको अवलोकन ।
५। भाम्ले चौकुने–८ मा सहकारी नमुना गाउँ कार्यक्रमको अनुगमन र जनभेला ।
६। सामाजिक विकास मन्त्रालयद्धारा निर्मित २ कोठे स्कुल भवन अवलोकन भट्टेसेरा ।
७। भौतिक पुर्वाधारको सिंचाई अनुगमन ।
८। दुलालथाईमा तरकारी व्लकको अध्ययन अवलोकन ।
९। सोहि स्थानमा ठुलो लोकल कुखुरा फर्मको अवलोकन ।

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
ताजा समाचार

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
ताजा समाचार

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा
ताजा समाचार

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ७ गते शनिबार, आजको राशिफल

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

२१ श्रावण २०७७, बुधबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२१ श्रावण २०७७, बुधबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

२१ श्रावण २०७७, बुधबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२१ श्रावण २०७७, बुधबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

२१ श्रावण २०७७, बुधबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

२१ श्रावण २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.