मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

निलेश सखियाः भारतमा फिल्म निर्माता, नेपालमा सुन तस्कर

होस्ट खबर by होस्ट खबर
२१ श्रावण २०७७, बुधबार
201
SHARES
380
VIEWS
FacebookTwitter
निलेश सखियाः भारतमा फिल्म निर्माता, नेपालमा सुन तस्कर

काठमाडौँ : सुन तस्करीको अभियोगमा पक्राउ परेका भारतीय नागरिक निलेश सखिया भारतीय फिल्म ‘पेनाल्टी’ का निर्माता रहेको खुलेको छ ।

हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनले निर्माण गरेको फुटबल खेलाडीको कथामा आधारित सो फिल्म सन् २०१९ जुलाई १९ मा भारतमा रिलिज भएको थियो ।

क्षमतावान् एक फुटबल खेलाडीलाई क्षेत्रीय र नश्लीय विभेदका कारण कसरी पछि पारिन्छ भन्ने कथा फिल्ममा छ ।
चलचित्रलाई शुभम सिंहले निर्देशन गरेका हुन् भने केके मेनन, लुक्रम इस्माइल, शशांक अरोरालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनले लेपन गरिएको साढे १५ केजी चाँदी, करिब ७ सय ५० ग्राम सुन र दुई थान पेस्तोल महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई साउन १३ गते बिहान सुन्धारामा बुझाएर उनीसहितको समूह भागेको थियो ।

काठमाडौंबाट खटिएको महानगरीय अपराध महाशाखा र पूर्वी नवलपरासी प्रहरीको संयुक्त टोलीले घटनाको भोलिपल्टै दुम्कीबासबाट सखिया, देवानसिंह पटेल र विजय पटेललाई पक्राउ गर्‍यो । बाराका इल्ताफ हुसेन अन्सारी र सञ्जय पटेल फरार छन् ।

काठमाडौं ल्याइएका सखियाले बयानका क्रममा आफूले बनाएको फिल्म घाटामा गएपछि गलत धन्दामा लागेको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनले बरामद सुनचाँदी र हतियार आफ्नो नभई फरार रहेका सञ्जय र इल्ताफको भएको दाबी गरेका छन् ।

तर स्रोत बरामद सुनचाँदी सखिया र उनका पार्टनर सञ्जयकै भएको र काठमाडौंमा सुनले लेपन गरिएको धातु वीरगन्ज हुँदै भारत पठाउने जिम्मा इल्ताफले लिएको बताउँछ ।

सखिया र फरार रहेका सञ्जय असार २९ मा काठमाडौं आएका थिए । पहिलेदेखि नै तस्करीको धन्दा चलाउन उनीहरूले राजधानीको कमलपोखरी अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर बसेका थिए । फ्ल्याटको भाडा सखियाले ६० प्रतिशत र सञ्जयले ४० प्रतिशत तिर्थे ।

फ्ल्याटमा इल्ताफ, लाजिम्पाटमा गरगहना सरसफाइ पसल सञ्चालन गर्दै आएका कौशल पटेल र उनका दाजु देवानसिंह पटेल पनि बारम्बार जाने गर्थे । सूचना चुहिन सक्ने भन्दै सखियाले गुजरातबाट विजय पटेललाई भान्सेका रूपमा ल्याएका थिए ।

फ्ल्याटमै आउजाउ गर्ने कौशलले पछिल्लो पटक तस्करीबाट भारत लैजान लागिएको सुनचाँदी लुटेर भागबन्डा लगाउने उद्देश्यले घुमुवा कठायत र श्रेष्ठलाई सुराकी दिएपछि घटना बाहिरिएको हो ।

इल्ताफको बा६च ५५१९ नम्बरको स्कार्पियो जिप वीरगन्ज जाने क्रममा सुन्धारामै घुमुवाको फन्दामा परेपछि सुनचाँदीको झोला दिएर सखियासहित इल्ताफ र सञ्जय भागेका थिए । गाडी ललितपुरको नखिपोटस्थित निर्माणाधीन घरबाट बरामद भएको छ ।

फरार इल्ताफ नेपालमा जाली नोट कारोबारमा पक्राउ परेर कैद भुक्तान गरी चार वर्षअघि छुटेका व्यक्ति हुन् । सञ्जयको पृष्ठभूमि अझै यकिन भइसकेको छैन । पहेँलो धातुले लेपन गरेर सक्कली सुन भन्दै गुजरातमा लगेर बिक्री गर्ने योजनामा सखिया र सञ्जय रहेको स्रोतको भनाइ छ ।

चाँदीमा लेपन लगाउने काम न्युरोडका कालिगड मनीष मल्लिकले गरेको खुलिसकेको छ । मनीषसमेत पक्राउ गरे पनि अदालतले उनलाई म्याद थप्न मानेन । अहिले सखिया, विजय पटेल, कौशल पटेल, देवानसिंह पटेल, दुई घुमुवा प्रहरी र उनीहरूका सहयोगी उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन् ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

२१ श्रावण २०७७, बुधबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

२१ श्रावण २०७७, बुधबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

२१ श्रावण २०७७, बुधबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

२१ श्रावण २०७७, बुधबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

२१ श्रावण २०७७, बुधबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

२१ श्रावण २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.