सुर्खेत : मंगलबार कर्णालीमा थप कोरोना संक्रमित भेटिएका छैनन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जारी गरेको बिज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएका छैनन् ।
अव कर्णालीका विभिन्न आइशोलेसन र अस्पतालमा सक्रिय बिरामीको संख्या १ सय ९८ रहेको विज्ञप्तिमा उल्लेख छ । जस अनुसार दैलेखमा सवैभन्दा धेरै १२२, सुर्खेतमास २७, जाजरकोट र सल्यानमा ११ ११ जना, मुगुमा १, रुकुम पश्चिममा २ र कालिकोटमा १२ जना रहेका छन् ।
आजै कर्णालीका विभिन्न अस्पताल र आइशोलेसनबाट १३ जना बिरामी कोरोना संक्रमणबाट निको भई डिस्चार्ज भएका छन् ।