मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

आइपीएलको प्रायोजक पुन: चिनियाँ कम्पनी हुने कुराले भारतमा बिरोध

होस्ट खबर by होस्ट खबर
२० श्रावण २०७७, मंगलवार
175
SHARES
331
VIEWS
FacebookTwitter
आइपीएलको प्रायोजक पुन: चिनियाँ कम्पनी हुने कुराले भारतमा बिरोध

बीबीसी : यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) ले तयारी गरिरहेको छ।

उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ।

तर केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ।

चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ।

आलोचना
जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले एकातिर देशमा चिनियाँ सामानको बहिष्कार भइरहेको र अर्कोतर्फ चिनियाँ कम्पनीलाई नै आइपीएलको प्रायोजनमा निरन्तरता दिइएको भन्दै बीसीसीआइको आलोचना गरेका छन्।

अब्दुल्लाले ट्वीटमा लेखेका छन्, ‘बीसीसीआइरआइपीएल सञ्चालक परिषद्ले चीनको ठूलो कम्पनीसहित सबै प्रायोजकलाई निरन्तरता दिने निर्णय गरेको छ। मलाई त ती मूर्खहरूको बारे दुस्ख लागेको छ जसले कौसीबाट टिभी फ्याँकेका थिए। तिनले यहि दिन देख्न बाँकी थियो।’

उनले केही समय अगाडि चिनियाँ सामानको बहिष्कार गर्दै टिभी फुटाएका घटना स्मरण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्।

यसबीच विपक्षी काङ्ग्रेसले पनि यहि विषयसँग जोडेर मोदी सरकारको आत्मनिर्भर भारत अभियानप्रति आलोचना गरेको छ।

काङ्ग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले आइपीएलमा चिनियाँ कम्पनीलाई प्रायोजक बनाइराख्नु भनेको दोहोरो मापदण्ड अपनाउनु हो भनेका छन्।

सत्ताधारी भारतीय जनता पार्टीका पूर्व सांसद एवं दलित नेता उदित राजले पनि आलोचनात्मक ट्वीट गर्दै भनेका छन्, ‘लद्दाखमा हाम्रा २० सैनिक शहीद भएका बेला चिनियाँ मोबाइल भिभोको प्रायोजन फिर्ता हुने भनिएको थियो, भएन। ऊसँग २२०० करोड ९भारु०को करार सम्झौता भएको छ। अमित शाह (गृहमन्त्री) का पुत्र बीसीसीआइका सचिव छन्। भएनन् त जनता बुद्धु!’

भारतीय जनता पार्टीसँग सम्बन्धित सङ्घ परिवारकै हिस्सा स्वदेशी जागरण मञ्चका राष्ट्रिय सहसंयोजक अश्वनी महाजनले उक्त निर्णयको आलोचना गर्दै सारा संसारले चीनको बहिष्कार गरिरहेको तर आइपीएलले उसलाई संरक्षण गरेको टिप्पणी गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्, ‘आइपीएल एक व्यापार हो र यसलाई चलाउनेहरू राष्ट्र तथा उसको सुरक्षाप्रति असंवेदनशील छन्। सारा संसारले चीनको बहिष्कार गरिरहेको छ तर आइपीएलले उसलाई संरक्षण दिइरहेको छ। तिनले बुझ्नुपर्छ कि राष्ट्रभन्दा माथि केही पनि हुन सक्दैन, क्रिकेट पनि हुन सक्दैन। मानिसहरूले आइपीएलकै बहिष्कार गर्न सक्छन्।’

के निर्णय भएको छ?
यही साता आइतवार बसेको आइपीएल सञ्चालक परिषद्को बैठकले भिभोलाई प्रायोजकमा निरन्तरता दियो।

बीसीसीआइसँग भिभोको पाँच वर्षे करार सम्झौता भएको थियो जुन सन् २०२२ सम्मको निम्ति छ।

भिभो मोबाइल कम्पनीले करार अवधिमा बीसीसीआइलाई बर्सेनि लगभग ४४० करोड भारु तिर्छ।

आइपीएलको १३ औँ संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्सको दुबई, शारजाह तथा अबुधाबीमा खेलिनेछन्। यसका निम्ति बीसीसीआइले मोदी सरकारबाट जरुरी स्वीकृति पनि पाएको छ।

यसपटकको आइपीएलमा सबै टोलीहरूका निम्ति कडा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरिने बताइएको छ।

Related Posts

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै
खेलकुद

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

नेपालले दियो १८२ रनको लक्ष्य
खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

२० श्रावण २०७७, मंगलवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

२० श्रावण २०७७, मंगलवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

२० श्रावण २०७७, मंगलवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

२० श्रावण २०७७, मंगलवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

२० श्रावण २०७७, मंगलवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

२० श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.