चितवन : चितवनमा थप एक जना व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका–६ मा घर बनाउने ठेकेदारले ल्याएका बाराका एक व्यक्तिको गयराती मृत्यु भएको हो ।
ती व्यक्ति घर बनाउने मिस्त्री हुन् । बाराको कलैया नगरपालिका–२१ का ३६ ती व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको खैरहनी नगरपालिका वडा नंं. ६ का वडाध्यक्ष रामशरण पाण्डेले जानकारी दिए ।
मृतकसंगै अन्य पाँच जना पनि बाराबाटै उनीहरु आएका थिए । ती व्यक्तिहरुलाई ठेकेदारले एक बोरो कम्पनीको कोठा भाडामा लिएर क्वारेन्टिन भनेर राखेका थिए । ठेकेदारलाई पटक–पटक बाहिरबाट कामदार नल्याउन भन्दा भन्दै पनि जबरजस्ती ल्याएको वडाध्यक्ष पाण्डेको भनाई छ ।
मृतक व्यक्तिको शव भरतपुर अस्पताल पठाउन लागिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । उनको भरतपुरमै स्वाब संकलन गरी कोरोना परीक्षण गरिने छ । यस्तै मृतकसंगै रहेका अन्य पाँच जनाको पनि स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए ।