सुर्खेत : मंगलबार सुन तोलाको ९९ हजार ८०० पुगेको छ। यो अघिल्लो दिनका तुलनामा २०० रूपैयाँको बढोत्तरी हो। आइतबार र सोमबार सुनको भाउ प्रतितोला ९९ हजार ६०० मा स्थिर थियो।
यसअघि शुक्रबार ९९ हजार ३०० रूपैयाँ प्रतितोलामा आइपुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा लगातार भाउ बढिरहँदाको असर नेपाली बजारमा पनि परेको हो। व्यवसायीका अनुसार भाउ लगातार उक्लिएपछि सुन खरिद गरेर नयाँ गहना बनाउनेहरू बजारमा आएका छैनन्। माग नहुँदा व्यवसायीले बैंकबाट उठाउने सुनको परिमाण पनि घटाएका छन्।
सुनसँगै लगातार उकालो लाग्न थालेको चाँदी भने तीन दिनदेखि स्थिर देखिएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ३० मा छ। यो आइतबार नै उक्लिएको भाउ हो। अघिल्लो दिनभन्दा गत शुक्रबार २५ रूपैयाँ घट्दै १२ सय रूपैयाँ प्रतितोला भएको थियो। त्यसमा ३० रूपैयाँ बढ्दै आइतबारको भाउ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार बिहान सुन प्रतिऔंस १९७४.४५ डलरमा कारोबार भएको छ। त साताको अन्तिम दिन गत शुक्रबार १९७४.१५ डलर पुगेको थियो। मंगलबार चाँदी प्रतिऔंस २४.३४ डलरमा कारोबार भएको छ।