कालिकोट : बाढिपहिरोले लामो समयदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा पुन सञ्चालन भएको छ । साउन २ गतेदेखि बन्द भएको कर्णाली राजमार्ग सोमबारबाट पुर्णरुपमा संचालन भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।
सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहसंगको समन्वयमा कर्णाली राजमार्गका बिभिन्न ठाउँमा आएको पहिरो जिल्ला प्रहरी कार्यालय कालिकोटको अगुवाइमा हटाएपछि राजर्माग सुचारु भएको हो ।
प्रत्येक बर्ष बर्षायाममा बन्दहुने कर्णाली राजमार्ग नियमित सुचारु राख्न सरोकारवाला निकाय संग बुधबार आवश्यक छलफल गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
कालिकोटमा साउन १२ गते पछि आएको बाढी पहिरोका कारण १८ जनाको मृत्यु भएको छ भने ७ जना बेपता छन् । कालिकोटको एक मात्र जलबिद्युत आयोजना पुर्णरुपमा बन्द भएको छ । टेलिफोन तथा इन्टरनेट सेवा पुर्णरुपमा सञ्चालन हुन सेको छैन ।