एजेन्सी : कोरोना विरुद्धको भ्याक्सिनका लागि अहिले बिकसित राष्ट्रमा होडबाजी नै चलेको छ । अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो र तेस्रो ह्युमन क्लिनिकल ट्रायल (मानिसमा परीक्षण) भारतमा हुने भएको छ।
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले भारतमा उक्त भ्याक्सिनको दोस्रो र तेस्रो ह्युमन क्लिनिकल ट्रायलको अनुमति दिएको हो। यो ट्रायल भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले गर्नेछ।
समाचार एजेन्सी एएनआईका अनुसार गहन मूल्यांकनपछि डीसीजीआईले सब्जेक्ट एक्सपर्ट कमिटीको सिफारिसमा अनुमति दिएको हो। एक स्वास्थ्य अधिकारीका अनुसार अक्सफोर्ड युनिभर्सिटीको ट्रायलको आँकडालाई ध्यानमा राखेर कमिटीले यस्तो अनुमति दिन डीसीजीआईलाई सिफारिस गरेको थियो।
ती अधिकारीले अध्ययनअनुसार प्रत्येक बिरामीलाई चार हप्ताभित्र दुई डोज ९पहिलो डोज पहिलो दिनमै र अर्को डोज २९ औँ दिनमा० दिइने जानकारी दिए। ‘त्यसपछि सुरषा र प्रतिरोधक क्षमताको मूल्यांकन हुनेछ’, उनले भने।
सिरम इन्स्टिच्युट अफ इन्डियाले देशमा अक्सफोर्डको कोरोना भ्याक्सिन बनाउनका लागि एस्ट्राजेनेका साथ साझेदारी गरेको छ। जसलाई कोभिसिल्ड नाम दिइएको छ।