एजेन्सी : सुशान्तसिंह राजपुतको मृत्युबारे अनुसन्धान गरिरहेको मुम्बई पुलिसले उनी बाइपोलर डिसअर्डर (एक प्रकारको डिप्रेसन) को बिरामी भएको पत्ता लगाएको छ ।
प्रहरीले उनको निधनबारे तथ्य सार्वजनिक गरेको कुरा सोमबार भारतिय मिडियाले समाचार लेखेका छन् । एनडीटिभीले लेखेको समाचार अनुसार उनले बाइपोलर डिसअर्डरको औषधी खाइरहेको कुरा प्रहरीले बताएको छ ।
डाक्टरहरुले गरेको जाँचका आधारमा प्रहरीले सो कुरा बताएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । उनले गुगलमा सर्च गर्दै ‘बिना दर्द से मरने’ भन्ने बाक्य खोजी गरेको समेत प्रहरीले जनाएको छ ।
मर्नु अघि उनले यस प्रकारको बाक्य सर्च गरेको प्रहरीको भनाई छ । उनले आप्mनो नाम पनि गुगलमा खोजी गरेको बताइएको छ ।