हुम्ला : नेपाल पत्रकार महासंघ हुम्ला शाखाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । आज शनिबार सिमकोट गाउँपालिका–५ स्थित आफनै निवासमा ६२ वर्षको उमेर रोकायाको निधन भएको हो ।
हुम्ला जिल्लाका पत्रकारहरुका अग्रणी रहेका रोकाया २०५८ सालमा नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखा स्थापना गरेका हुन् । पत्रकार रोकाया बेदनु पत्रिकाबाट पत्रकारिता पेशमा संग्लन हुदै झण्डै ५० वर्ष सम्म पत्रकारिता पेशामा अवद्ध हुदै आएको पत्रकार कर्ण रोकायाले जानकारी दिए ।
लामो समय पत्रकारिता पेशमा संग्लन रहेका उहाँले कान्तिपूर राष्ट्रिय दैनिक हुम्ला जिल्लाबाट कार्यरत भएर काम गदै आएको उनले बताए ।
कान्तिपुर दैनिकबाट आवकाश प्राप्त गरी हाल घरमै व्यस्त रहदै आएका उनी एक साता पहिले बाट बिरामी भएको परिवार श्रोतले जनाएको छ ।