सुर्खेत : शनिबार सल्यानमा बसोबास गर्दै आएका पाल्पाका १ जनामा कोरोना पुष्टि भएको छ । सल्यान अस्पतालमा गरिएको परिक्षणमा २५ बर्षिय ती पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
अहिले सम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३९ जना पुगेको महाशाखाले जनाएको छ । त्यस्तै कर्णालीका विभिन्न जिल्लामा अहिले सम्म सक्रिय विरामीको संख्या २ सय ११ रहेको छ ।
आजै कर्णालीका विभिन्न अस्पताल र आइशोलेसन सेन्टरबाट ७ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । प्रदेश अस्पतालबाट ४, छत्रेश्वरी आइशोलेसन सेन्टर सल्यानबाट १ र नारायण आइशोलेसन सेन्टर दैलेखबाट २ जना डिस्चार्ज भएका हुन् ।