सुर्खेत : कर्णाली प्रदेशको दैलेखमा शुक्रबार १ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेख अस्पतालमा गरिएको परिक्षणमा नारायण नगरपालिका वडा नम्वर २ का ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
हाल सम्म कर्णालीमा १९३८ जनामा कोरोना पुष्टि भएको कर्णालीको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीका विभिन्न अस्पताल र आइशोलेसन सेन्टरबाट शुक्रबार नै कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १८ जना रहेको छ ।
यो संगै कर्णालीमा हाल सम्म १७१५ जना निको भई घर फर्केका छन् । अव कर्णालीका विभिन्न जिल्लामा सक्रिय बिरामी संख्या २१७ जना रहेको महाशाखाले जनाएको छ ।