मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइनको काम सुरु

होस्ट खबर by होस्ट खबर
१५ श्रावण २०७७, बिहीबार
208
SHARES
392
VIEWS
FacebookTwitter
बिजुलीको नयाँ महशुल : कसलाई कस्तो लाभ ?

सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइनको काम अघि बढेको छ । कर्णालीवासीको ड्रिम प्रोजेक्टका रुपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरु हुन लागेको हो । यो आयोजनाका लागि यहाँका बासिन्दाले वर्षौदेखि प्रतिक्षा गरिरहेका थिए । लामो प्रयासपछि यो आयोजनाले १३२ केभिए विद्युत प्रशारण लाइन विस्तारका लागि निर्माण सम्पनीसँग सम्झौता गरेको छ ।

निर्माण सम्झौता भएसँगै कोहलपुरदेखि सुर्खेतसम्म जोड्ने विद्युत लाइन विस्तारको काम अगाडि बढ्ने भएको हो । गएको असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ सँग निर्माणका लागि सम्झौता गरेको हो । योसँगै अब निर्माण कम्पनीले विद्युत लाइन प्रशारणको लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरीद लगातका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।

आयोजनाका प्रमुख रवीकुमार चौधरीका अनुसार पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रुख कटान लगायतका कामहरु हुनेछन् । आजभन्दा झण्डै ३२ वर्ष पहिले अर्थात २०४५ सालमै १३२ केभिए प्रशारण लाइन सुर्खेतसम्म ल्याउने कसरत थालिएको थियो । तर लामो समयसम्म विद्युत लाइन विस्तार हुन सकेको थिएन । यसले गर्दा यस क्षेत्रमा विद्युत सेवा भरपर्दो थिएन । उपभोक्तालो सास्ती भोगिरहेका छन् ।

तर १३२ केभिए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । साथै अहिलेको लोभोल्टेजको समस्या पनि समाधान हुनेछ । लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले लोभोल्टेजका कारण हैरानी भोग्दै आएका छन् । आयोजना सम्पन्न भएपछि कर्णाली प्रदेशलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । आयोजना विस्तारका लागि स्वास्थ्य राज्यमन्त्री एवम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य नवराज रावतको विशेष पहल रहेको छ । उनले यसका लागि लामो समयदेखि पहल गरिरहेका छन् । कोहलपुरदेखि सुर्खेतसम्म कुल एकसय ४५ वटा पोल रहने छन् । जसमा २६ वटा एंगल टावरहरुको प्रस्ताव गरिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आयोजना क्षेत्रको उचाईगत फरक एकसय ६० मिटरदेखि एकहजार एकसय १५ मिटरसम्म रहेको छ । प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ । जसमा प्रसारण लाइनको ७०।५४५ भाग वनको क्षेत्र, १६।१३५ खेतीयोग्य जमिन, २।२६५ बाजो जमिन, तथा ११।०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारण लाइन विस्तार कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुईसय २५ वर्गमिटर हुनेछ ।

आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेशन तथा क्षत्राधिकारको लागि आवश्यक पर्नेछ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ । त्यस्तै आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुनेछन् ।

सुरुवाती लागत ७० करोड
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन विस्तार योजनाको सुरुवाती लागत ७० करोड कायम गरिएको छ । झण्डै ७० करोड रकममा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार अबको दुई वर्षमा कम्पनीले तोकिएका कामहरु पुरा गरिसक्नुपर्ने छ । तर दुई वर्षमै आयोजना सम्पन्न हुने विषयमा आयोजना आफै ढुक्क भने छैन ।

‘भर्खर आयोजनाको काम सुरु गर्न थालेको छाँै, अहिले नै यति वर्षभित्र काम सम्पन्न हुन्छ भन्नसक्ने अवस्था छैन’ आयोजनाका प्रमुख चौधरीले भने, ‘सुरुवाती चरणमा दुई वर्षभित्र काम सक्नेगरी ७० करोडमा आरएस इन्फाप्रोजेक्ट सम्झौता टुङ्गीएको हो ।’ आयोजना कार्यान्वयनको चरणमा प्राविधिक कठिनाइहरु नआएको खण्डमा भने तोकिएकै समयमा काम सम्पन्न अपेक्षा गरिएको छ ।

सात हजार रुख काटिने
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइनको विस्तार गर्दा झण्डै सात हजारभन्दा बढी रुखहरु कटान हुनेछन् । आयोजनाका प्रमुख चौधरीले दिएको जानकारी अनुसार कोहलपुरदेखि सुर्खेतसम्म सात हजारभन्दा बढी रुखहरु काटिने भएका हुन् । निकुञ्ज क्षेत्र भएर लाइन विस्तार हुने भएकाले पनि धेरै रुख काट्नुपर्ने अवस्था आएको हो ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग रुख कटानका लागि अनुमति मागिएको र फाइल वातारण मन्त्रालयमा फाइल पेश भएको छ । रुख कटानका लागि मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्छ । मन्त्रीपरिषदले निर्णय गरेपछि मात्रै रुखहरु काट्न सुरु गरिने आयोजना काप्रमुख चौधरीले जानकारी दिए । रुख कटानको अनुमति नपाउँदासम्म निर्माण कम्पनीले प्राविधिक कामहरु गर्नेछ । आयोजनाको कुल लम्बाई करिब ५१।४६२ किलोमिटर लम्बाई डबल सर्किटको रहने प्रस्ताव गरिएको छ ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१५ श्रावण २०७७, बिहीबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१५ श्रावण २०७७, बिहीबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१५ श्रावण २०७७, बिहीबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१५ श्रावण २०७७, बिहीबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१५ श्रावण २०७७, बिहीबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१५ श्रावण २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.