सुर्खेत : डोल्पा, जुम्ला लगायत हुम्लामा केही दिन यता नदेखिएको कोरोना भाइरसको संक्रमण बुधबार हुम्लाका १ जनामा देखिएको छ ।
पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा अदानचुली गाँउपालिका हुम्लाका एक २४ बर्षिय युवामा कोरोना संक्रमण देखिएको हो । कर्णालीमा यो संगै सक्रिय बिरामीको संख्या २ सय २७ जना रहेका छन् । जुम्ला र डोल्पामा कोरोनाका बिरामी अहिले छैनन् ।
अहिले दैलेखमा सवैभन्दा धेरै १२० जना, सुर्खेतमा ३४, सल्यानमा २१, जाजरकोटमा ११, कालिकोटमा १३, रुकुम पश्चिममा ८ र मुगुमा १ जना सक्रिय विरामी रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजै कर्णालीका विभिन्न अस्पताल र आइशोलेसन सेन्टरबाट १३ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट ५ र दुल्लु आइशोलेसन सेन्टरबाट ८ जना कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् ।