सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अयोध्यामा बन्ने राम मन्दिरमा राख्ने भनिएको टाइम क्याप्सुल के हो?

होस्ट खबर by होस्ट खबर
१४ श्रावण २०७७, बुधबार
171
SHARES
322
VIEWS
FacebookTwitter
अयोध्यामा बन्ने राम मन्दिरमा राख्ने भनिएको टाइम क्याप्सुल के हो?

बीबीसी नेपाली : भारतको राम मन्दिर तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले अध्योध्यामा बन्न लागेको राम मन्दिरको जगमा एउटा टाइम क्याप्सुल राख्ने निर्णय गरिएको दाबी गरेका छन्।

उनका अनुसार जमिनभन्दा दुई हजार फिटमुनि टाइम क्याप्सुल राखिनेछ ताकि भविष्यमा राम मन्दिरको इतिहासबारे बुझ्न चाहँदा आवश्यक तथ्य थाहा होस् र कुनै विवाद उत्पन्न नहोस्।

सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सांसद लल्लु सिंहले पनि टाइम क्याप्सुल राख्ने कुराको पुष्टि गरेका छन्।

तर राम जन्मभूमि तीर्थ ट्रस्टका महासचिव चम्पत रायले टाइम क्याप्सुल राख्निने कुरालाई हल्ला भनेका छन्।
यसको अर्थ ट्रस्टका सदस्यहरूबीच नै राम मन्दिरको जगमा टाइम क्याप्सुल राखिने विषयमा एकमत छैन।

त्यसका साथै टाइम क्याप्सुलभित्र के राख्ने भन्ने विषयमा पनि विवाद छ।

कतिपयका लागि यो एक प्रकारले अयोध्या विवादको इतिहास लेख्नु सरह हुनेछ।

अर्कोतर्फ कतिपय मानिसहरू टाइम्प क्याप्सुल के हो, कहाँबाट आउँछ र त्यसको महत्त्व के हुन्छ भन्नेबारे बुझ्ने कोशिशमा छन्।

टाइम क्याप्सुल के हो?
यो एउटा यस्तो डिभाइस हो जसको मद्दतले वर्तमान संसारसँग जोडिएका जानकारीलाई भविष्य वा दोस्रो दुनियामा पठाउन सकिन्छ।

उदाहरणका लागि यदि कोही सन् २०२० सँग जोडिएका कुरा सन् ३०२० मा मानिसहरूसम्म पुर्‍याउन चाहन्छ भने उसले यो डिभाइसको प्रयोग गर्न सक्छ।

त्यसो गर्नका लागि सबैभन्दा पहिला वर्तमान दुनियासँग जोडिएका कुरालाई यस्तो स्वरूपमा सङ्ग्रह गर्नुपर्छ जुन त्यति वर्षसम्म सुरक्षित रहन्छ।

त्यसपछि त्यसलाई कुनै खास ठाउँमा गाड्नुपर्छ जहाँ सन् ३०२० मा मानिसहरूले उत्खनन गरून् र उनीहरूले त्यो टाइम क्याप्सुललाई फेला पारून्।
अनि त्यसपछि टाइम्स क्याप्सुललाई हेरेर वा पढेर मानिसहरूले सन् २०२० मा संसार कस्तो थियो, मानिसहरू कसरी बस्थे र कस्ता प्रविधिको प्रयोग गर्थे लगायतका कुरा थाहा पाउन सक्छन्।

टाइम क्याप्सुलको रूप वा आकार(प्रकारलाई लिएर कुनै स्पष्ट नियम छैन।

यो बेलनाकार, चारपाटे, आयतकार वा जुनसुकै आकारमा हुन सक्छ।

त्यसको शर्त यति मात्र हो कि टाइम क्याप्सुलले आफ्नो उद्देश्य पूरा गर्न सकोस् र जानकारीहरूलाई खास समयसम्म सुरक्षित राख्न सकोस्।
तर एकजना पुरातत्त्वविद्‌ केके मोहम्मदका अनुसार पुरातत्त्व विज्ञानमा टाइम क्याप्सुलको कुनै महत्त्व हुँदैन।

‘अहिलेसम्म भारतमा कुनै टाइम क्याप्सुल फेला परेको छैन। यसअघि एक पटक पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले लालकिल्लामुनि टाइम क्याप्सुल राख्न लगाएकी थिइन्,’ उनले भने।

तर राम मन्दिरको जगमा टाइम क्याप्सुल राख्ने कुरा सही हुने बताउँदै उनले भने, ‘त्यसो गरियो भने भविष्यमा कुनै प्रकारको विवाद उत्पन्न हुँदैन।’

क्याप्सुलबारे विवाद

टाइम क्याप्सुलले प्रायः विवाद निम्त्याउने गरेको देखिन्छ। राम मन्दिरको हकमा पनि त्यस्तै देखिँदैछ।

पछिल्लो विवरण बाहिर आउनासाथ सामाजिक सञ्जालमा मानिसहरूले टाइम क्याप्सुलभित्र के राख्नुपर्छ भन्नेबारे प्रश्न गर्न थालेका छन्।

राम मन्दिरसँग जोडिएको टाइम क्याप्सुललाई लिएर ताजा विवाद के छ भने राम जन्मभूमि तीर्थ ट्रस्टका महासचिव चम्पत रायले त्यो खबरलाई हल्लाको सङ्ज्ञा दिएका छन्।

ट्रस्टका सदस्यहरूबीच जारी विवादबीच प्रश्न के खडा भएको छ भने के साँच्चै मन्दिरको जगमा टाइम क्याप्सुल राखिनेछ त। बीबीसी नेपाली बाट साभार

Related Posts

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

१४ श्रावण २०७७, बुधबार
वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

१४ श्रावण २०७७, बुधबार
विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

१४ श्रावण २०७७, बुधबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

१४ श्रावण २०७७, बुधबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

१४ श्रावण २०७७, बुधबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

१४ श्रावण २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.