काठमाडौं : प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि गरेको छ ।
मंगलबार विहान बरामद १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम ९आधा किलो० मात्रै सक्कली सुन भएको पुष्टि भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भएको बताए । बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलनमार्फत बताए । उनले भने, ‘‘१५ किलो सुन जस्तो देखिने पहेंलो वस्तु बरामद भएको थियो । जाँचका लागि सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा उक्त धातु मध्ये अहिलेको मूल्य अनुसार ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको आधा किलो सुन र बाँकी १५ लाख ५६ हजार ४ सय मूल्य बराबरको चाँदी रहेको पाइयो ।’’
प्रहरीले मंगलबार बिहान कृष्ण पाउरोटी नजिक चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।