काठमाडौं : नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना ‘पोजेटिभ’ देखिएको छ। एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको नक्साल स्रोतले जनाएको छ ।
प्रहरी अस्पतालको आइसोलेसनमा राखिएका उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुर र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाउने तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्वारेन्टाइनमा राखिएको छ।