शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अब नेपालगन्जको आकाशमा जहाज होल्ड हुँदैनन् !

होस्ट खबर by होस्ट खबर
१३ श्रावण २०७७, मंगलवार
227
SHARES
428
VIEWS
FacebookTwitter
साउन २१ देखि आन्तरिक र भदौ १ देखि अन्तराष्ट्रिय उडान गर्न सिफारिस

बाँके : नेपालगन्ज विमानस्थल कर्णाली र सुदूरपश्चिममा पहाडी तथा हिमाली भेगमा उडान हुने हब विमानस्थलको स्तरोन्नती भइरहेको छ । काडमाडौं बाहिर सबैभन्दा धेरै उडान भर्ने नेपालगन्ज विमानस्थलभित्र जहाज पार्किङका लागि पार्किङस्थलको निर्माण सकिएको छ ।

पर्यटकीय तथा चाडवाडका बेला विमानस्थल अति व्यस्त रहन्छ । यो सिजनमा दैनिक ५०–६० उडान हुन्छन् । २८ करोड ५३ लाख ४० हजार ९४३ रूपैयाँ खर्चेर पार्किङस्थलको निर्माण कार्य पुरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।

पर्याप्त भौतिक पूर्वाधार र पार्किङस्थल अभावले व्यवस्थापनमा भने निकै मुस्किल हुने गरेकोमा पार्किङस्थल निर्माणपछि अब जहाज आकासमै होल्ड गर्नुपर्ने अवस्था हटेको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

पार्किङ क्षेत्रको विस्तारपछि विमानस्थलमा हवाई सुरक्षा अभिवृद्धिमा टेवा पुगेको उनको विश्वास छ । मोफसलमा सबैभन्दा बढी उडान हुने नेपालगन्ज विमानस्थलमा जहाज पार्किंङका लागि प्रयाप्त पार्किंङस्थल नहुँदा यसअघि जहाज राख्न निकै समस्या हुने गरेको थियो ।

कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनकै समयमा भएको निर्माण गतिले यहाँको पार्किंङस्थल निर्माणको काम पुरा भएको हो । जहाज पार्किंङस्थल निर्माणको काम पुरा भैसकेकोले केही समयभित्रै औपचारिकरुपमा सञ्चालनमा ल्याइने उनले बताए ।

नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार भर्खरै निर्माण सकिएको पार्किङस्थलमा ८ वटा एटीआर ७२ विमानलगायत अन्य साना धेरै जहाजहरु पनि त्यहाँ सहजरुपमा पार्किङ गर्न सकिनेछ ।

‘पार्किंङस्थलकै अभावका कारण धेरैपटक जहाजहरुलाई आकाशमै होल्ड गराएर राख्नुपर्ने बाध्यता थियो विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले भने, ‘अब यो समस्याको समाधान भएको छ ।’

विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ‘मास्टर प्लान’ अनुसार काम भइरहेको छ । त्यसका लागि १२ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । अहिले नेपालगन्ज विमानस्थल १६६ विगाहमा छ ।

त्यसमा सय विगाह जमिन थप्ने, तत्काल नै २०० मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६०० मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोलालाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लान बनिसकेको हो ।

यहाँबाट काठमाडौ–नेपालगन्ज दिनभरिनै उडान भैरहन्छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा विहान र अपरान्हमात्र उडान गर्नुपर्ने भएकाले विमानस्थलमा जहाजहरु पार्किंङ गरेर राख्न निकै समस्या हुने गरेको थियो ।

नेपालगन्ज विमानस्थलबाट नेपाल एअरलाइन्स, श्री एयर, सौर्य एयर, बुद्ध एयर र तारा एयरले काठमाडौं लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लाहरुमा उडान भर्दै आएका छन् ।

काठमाडौंबाट भने श्रीएयरलाइन्स, बुद्ध एयरलाइन्स र यति एयरलाइन्स लगायतले नियमित उडान गर्ने गर्दै आएका छन् । यस विमानस्थलमा हुम्लाको सिमिकोट, जुम्ला, बाजुरा, डोल्पा, मुगुको ताल्चा, अछामको साफेबगरमा क्षेत्रीय उडान हुन्छ ।

यसबाहेक मध्यपश्चिम तथा कर्णाली भेगका मानिस नेपालगन्ज झरिसकेपछि काठमाडौं जान पनि यही विमानस्थल प्रयोग गर्दै आएको प्राधिकरणका प्रमुख ठाकुर बताउँछन् । भारतीय पर्यटकहरू पनि नेपालगन्जबाट ठूलो संख्यामा काठमाडौं जाने गरेका छन् ।

Related Posts

फ्रान्सबाट फर्किएकी किशोरीमा संक्रमण, कहाँ भयो कमजोरी ?
ताजा समाचार

मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द

कक्षा ११ का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य
Uncategorized

मतपत्र छपाइले पाठ्यपुस्तकमा ढिलाइ

लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?
पर्यटन

खराब मौसमका कारण उडान तथा अवतरण प्रभावित

लो-भिजिविलिटीका कारण सुर्खेत–काठमाडौं हवाई सेवा प्रभावित
पर्यटन

लो-भिजिविलिटीका कारण सुर्खेत–काठमाडौं हवाई सेवा प्रभावित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
पर्यटन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’

नयाँ विमानस्थल उद्घाटन नहुदै भर्तिको भीड
पर्यटन

नयाँ विमानस्थल उद्घाटन नहुदै भर्तिको भीड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

१३ श्रावण २०७७, मंगलवार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

१३ श्रावण २०७७, मंगलवार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

१३ श्रावण २०७७, मंगलवार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

१३ श्रावण २०७७, मंगलवार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

१३ श्रावण २०७७, मंगलवार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

१३ श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.