सुर्खेत : सोमबार सुर्खेतका १ जना सहित कर्णालीमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । चौरजहारी प्रयोगशाला रुकुमपश्चिम, दैलेख अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा ३१ जनामा संक्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानका २ र दैलेखका २८ जनामा संक्रमण देखिएको छ ।
आजै कर्णालीका विभिन्न आइशोलेसन सेन्टर र अस्पतालबाट कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १४ जना रहेको छ । कर्णालीमा अव सक्रिय विरामीको संख्या २ सय ४६ रहेको छ ।