बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जुम्लामा स्थानीय प्रशासन सुधार योजना सार्वजनिक

होस्ट खबर by होस्ट खबर
१० श्रावण २०७७, शनिबार
190
SHARES
359
VIEWS
FacebookTwitter
जुम्लामा स्थानीय प्रशासन सुधार योजना सार्वजनिक

जुम्ला : जुम्लामा स्थानीय प्रशासनले स्थानीय प्रशासन सुधार योजना सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले ५२ बुँदे प्रशासन सुधार योजना सार्वजनिक गरेका छन् । जिल्लास्थित सरकारी कार्यालयमा सेवा प्रवाहमा सजिलो, सुशासन र पारदर्शीताका लागि प्रजिअ थापाले जिल्लाका सबै कार्यालयमा नागरिक सहायता कक्षदेखि जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणालीमार्फत सेवा शुरु गर्ने भएको छ ।

स्थानीय प्रशासनले जिल्लाका सरकारी कार्यालयका प्रमुख, प्रतिनिधिसभा सांसद र सरोकारवाला निकायको उपस्थितिमा सार्वजनिक गरेको कार्ययोजना पत्रकार भेटघाट गरेर सार्वजनिक गरेको छ । पत्रकार भेटघाटमा जिल्लाका सबै सरकारी कार्यालयमा नागरिक सहायता कक्ष स्थापना तथा प्रभावकारी सञ्चालन, कार्यालयमा फ्री वाइफाइ, प्राथमिक उपचार किट, मोबाइल चार्जिङ स्टेशन, अपाङ्गतामैत्री कार्यालय व्यवस्थापनमा जोड, ज्येष्ठ नागरिक, लैङ्गिकमैत्री कार्यालय व्यवस्थापन, स्तनपान कक्ष व्यवस्थपन गरिने भएको छ ।

प्रजिअ थापाले प्रस्तुत गरेको कार्ययोजनामा सबै कार्यालयमा प्रतिक्षालय अनिवार्य हुनुपर्नेछ । प्रशासन कार्यालयमा सेवाग्राही लक्षित पुस्तकालयको व्यवस्था गरिनेछ । जिल्ला प्रशासन कार्यालयमा अब सेवाग्राहीको काम सजिलो र क्रमबद्ध गर्न इलेक्ट्रोनिक टोकन मेसिन व्यवस्थासहित ५२ बुँदेमा समेटिएको कार्ययोजनामा उल्लेख छ ।

यसै डिजिटल नागरिक वडापत्र, स्तनपान कक्ष, नागरिक सहायता कक्ष प्रशासन कार्यालयमा यसअघि सञ्चालन भइसकेका छन् । नागरिक वडापत्र सफ्टवेयरका लागि गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयमा पहल गरिने उनले बताए । यसैगरी जिल्ला प्रशासन कार्यालयमा महत्वपूर्ण दस्तावेजको वैज्ञानिक अभिलेख व्यवस्थापन गरिने भएको छ ।

जिल्लाका सरकारी कार्यालयको स्वामित्वमा रहेका चल अचल सम्पतिको अभिलेख गर्ने, कार्ययोजनामा सबै सरकारी कार्यालयले आफ्नो वार्षिक प्रगति सार्वजनीकरण गर्ने, कार्यालयका गतिविधि नियमित सुपरीवेक्षण गर्ने विषयलाई थप व्यवस्थित गरिने भएको हो ।

कार्यालयमा गुनासो सुनुवाइको व्यवस्था, मासिक उत्कृष्ट कर्मचारीलाई पुरस्कारको व्यवस्था, सरकारी जग्गा दिने व्यक्तिलाई सम्मानसहितका कामलाई जोड दिइएको छ । यसैगरी कार्यालयमा अग्नि नियन्त्रण उपकरण, सूचनाको हकको अधिकारअनुसार त्रैमासिक र वार्षिक प्रगति प्रकाशन अनिवार्य गरिनुपर्नेछ ।

यसैगरी अपराध व्यवस्थापन नक्सासमेत तयार गरिने उनले जानकारी दिए । प्रजिअ थापाका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाबाट प्रवाह हुने शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन सुशासनलगायतका सेवाहरूलाई जवाफदेही रूपमा सम्पादन गर्ने उद्देश्यले नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त निर्देशन, गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको कार्यसम्पादन सम्झौता तथा स्थानीय परिवेश समेतका आधारमा जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना, २०७७ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने प्रशासनले जनाएको छ ।

जिल्लास्थित सरकारी तथा सार्वजनिक कार्यालयहरूबाट समेत २०७७ साउन मसान्तभित्रमा आआफ्नो कार्यालयको सुधार योजना तर्जुमा तथा कार्यान्वयन गर्ने गरी तयारी गरिएको छ । साथै सबै स्थानीय तहबाट सुशासन प्रवद्र्धन गर्ने योजना तर्जुमा तथा कार्यान्वयनको लागि प्रजिअ थापाले अनुरोध गरे ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको सो योजना कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने र योजना निकै राम्रो भएको प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले बताए । जुम्ला प्रशासनमा गत वर्ष पनि प्रजिअ दुर्गा बञ्जाडेको समयमा प्रशासनभित्रै स्तनपान कक्ष, सहायता कक्ष स्थापनादेखि धेरै विषयमा परिवर्तन भएको थियो । प्रजिअ थापाले त्यो सेवालाई जिल्लाका सबै सरकारी कार्यालयहरुमा विस्तार गर्ने बताए । रासस

Related Posts

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी
ताजा समाचार

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध
ताजा समाचार

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी
ताजा समाचार

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

१० श्रावण २०७७, शनिबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

१० श्रावण २०७७, शनिबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

१० श्रावण २०७७, शनिबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

१० श्रावण २०७७, शनिबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

१० श्रावण २०७७, शनिबार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

१० श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.