बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाए

होस्ट खबर by होस्ट खबर
१० श्रावण २०७७, शनिबार
183
SHARES
346
VIEWS
FacebookTwitter
त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाए

बैतडी : जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन्।

सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो।

भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन्। तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए। उनका अनुुसार सो घर निर्माणका लागि बैतडीमा पाँच करोड सात लाख चार हजार, दार्चुलामा एक करोड ५५ लाख र बझाङमा दुई करोड पाँच लाख छ हजार खर्च भएका छन्। निर्माण भएका सबै घर भूकम्प प्रतिरोधी रहेका कार्यालयले जनाएको छ। चालू आवमा थप घर निर्माण हुने भएका छन्।

गरिब घरपरिवार खुशी
जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन्। वर्षौदेखि त्रिपालमुनि बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुसी भएका हुन्। पञ्चेश्वर गाउँपालिकाका– ४ का गम्भीर टमाटाले सरकारले जनता आवास कार्यक्रमले घर बनाइदिएपछि खुशी भएको बताए। वर्षौदेखि त्रिपालमुनि बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उनले बताए। उनले भने, “घर बनाइदियो सरकारलाई धेरैधेरै धन्यवाद छ। त्रिपालमुनि बस्दै आइरहेका थियौँ, अब ढुक्क ले छानामुनि बस्न पाइएको छ।”

घर पाउँदा बर्खामा ढुक्कले छानामुनि बस्न पाएको पञ्चेश्वरकै सकुन्तला कोलीले बताए। “पानी पर्दा सधैँ चिन्ता हुने गरेको थियो”, उनले भने, “अब बर्खा होस् कि हिउँद ढुक्कसँग बसिन्छ।” सरकारले मुक्त हलियालाई पनि घर बनाइ दिएकाले भवन डिभिजन कार्यालयबाट जनता आवस कार्यक्रमअन्तर्गत घर निर्माण गर्दा दोहोरो हुन नदिन स्थानीय तहको सिफारिसमा जनता आवासका घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीले जनाएको छ।

अधिकांश ठाउँमा दोहोरा सुविधा लिएको र घर हुनेले पनि जनता आवासको घर पाएको गुनासो आएपछि यो वर्ष स्थलगत निरीक्षण गरेर स्थानीय तहको सिफारिस अनिवार्य गरेर मात्र घर निर्माण भएको कार्यालयले जनाएको छ। रासस

Related Posts

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

१० श्रावण २०७७, शनिबार
असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने महासङ्घको निर्णय

सार्वजनिक गाडीलाई विद्युतीयमा बदल्न छलफल शुरू

१० श्रावण २०७७, शनिबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ ज्येष्ठ ५ गते बिहिबार, आजको राशिफल

१० श्रावण २०७७, शनिबार
वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

१० श्रावण २०७७, शनिबार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

१० श्रावण २०७७, शनिबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

१० श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.