सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

निर्मला हत्याकाण्ड : फेरि अनुसन्धानमा जुट्यो सीआईबी, नयाँ आईजीपीको चासो !

होस्ट खबर by होस्ट खबर
१० श्रावण २०७७, शनिबार
170
SHARES
321
VIEWS
FacebookTwitter
निर्मला हत्या प्रकरणमा प्रहरीको नयाँ प्रतिवेदन : ‘एआइजीको प्रतिवेदन गलत, दिलीप नै दोषी’

कञ्चनपुर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज दुई वर्ष पूरा भएको छ। तर, अझै यो हत्या सुल्झिएको छैन। अनुसन्धान जारी नै रहेको बताउनेबाहेक प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन।

प्रहरीकै साख धुमिल पारेको यो घटना अनुसन्धानका लागि नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीले चासो देखाएका छन्। यो घटनालाई आफ्नो प्राथमिकतामा राख्दै आईजीपी क्षेत्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख डीआईजी सहकुल थापा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीलाई निर्देशन दिएका छन्।

‘सीआईबीले पहिले पनि अनुसन्धान गरिरहेकै थियो’, सीआईबी प्रमुख डीआईजी थापाले भने, ‘आईजीपीसाबले नै यसलाई प्राथमिकतामा राखेर निर्देशन दिनुभएकाले हामीले थप प्राथमिकता साथ अनुसन्धान शुरु गरेका छौं।’

आईजीपीको निर्देशनसँगै सीआईबीले अनुसन्धानमा पोख्त विशेष टोलीलाई कञ्चनपुर पठाउने तयारी गरिरहेको डीआईजी थापा बताउँछन्। त्यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि यसको अनुसन्धान शुरु गरेको छ।

प्रहरी नै असफल भएको घटना

तत्कालीन आईजीपी सर्वेन्द्र खनालको पालामा यो घटना भएको हो। यो घटना सुल्झाउनेभन्दा गिजोल्ने काम बढी भएको आरोप खनालले खेप्नु परेको थियो।

उनीपछि प्रहरी नेतृत्वमा आएका ठाकुरप्रसाद ज्ञवालीले आईजीपी नियुक्त भएलगत्तै आफ्नो कार्यकालमा निर्मला पन्त हत्या अनुसन्धान टुंगोमा पुर्‍याउने बताएका थिए। ज्ञवाली सीआईबीमै एसएसपी हुँदा कञ्चनपुर पुगेर घटनाको अनुसन्धान पनि गरेका थिए। तर, उनले प्रहरीको नेतृत्व सम्हालेको वेला अनुसन्धानमा उल्लेख्य प्रगति भएन।

लामो समयसम्म पनि निर्मला हत्याको घटना किन सुल्झिन सकेन तरु प्रहरी अधिकारीहरु तत्कालीन प्रहरी नेतृत्वले हतारमा नतिजा खोज्ने क्रममा एकपछि अर्को गल्ती गरेकै कारण घटना थप जेलिन पुगेको बताउँछन्।

प्रहरी प्रवक्ता, डीआईजी निरजबहादुर शाही यो घटनाको अनुसन्धान निरन्तर चलिरहेको बताउँछन्। त्यहाँ केन्द्रबाट सीआईबी लगायतका टोली पुगे पनि अनुसन्धानको मुख्य काम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नै गरिरहेको र वर्तमान आईजीपीको निर्देशनपछि थप गति पाएको उनको भनाइ छ।

राज्य नै असंवेदनशील

लामो समयसम्म पनि निर्मला हत्याको घटना किन सुल्झिन सकेन तरु प्रहरी अधिकारीहरु तत्कालीन प्रहरी नेतृत्वले हतारमा नतिजा खोज्ने क्रममा एकपछि अर्को गल्ती गरेकै कारण घटना थप जेलिन पुगेको बताउँछन्।

“नेतृत्वले नै सुझबुझपूर्ण काम गरेन”, प्रहरी प्रधान कार्यालयकै एक वरिष्ठ अधिकतृले भने, “अझै पनि धेरै कुरा बिग्रिइसकेको छैन। संवेदनशील भएर अनुसन्धानमा केन्द्रित हुने हो भने यसलाई सुल्झाउन सकिन्छ। हामीले त्यसका संकेतहरु पाएका छौं।”

त्यस वेला प्रहरीले डीएनए परीक्षणमा मात्र केन्द्रित भएर अनुसन्धान गरेपछि यो घटना जटिल बनेको धेरैको बुझाई छ। डीएनए मेल नखाएकै कारण यो घटनाका आरोपीका रुपमा पक्राउ परेका दिलीपसिंह विष्ट रिहा भएका थिए।

त्यसपछिका हरेक अनुसन्धानमा प्रहरीले कैयौंको डीएनए परीक्षण गर्‍यो। तर, त्यसबाट केही नतिजा प्राप्त भएन। अनुसन्धानका क्रममा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख, एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र अर्का युवक आयुश विष्टको पनि डीएनए परीक्षण गरिएको थियो।

यो घटना अनुसन्धानका लागि थुप्रै समिति बनाइए। प्रहरीका एकपछि अर्को टोली कञ्चनपुर पुगेर अनुसन्धान गरे। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनायो। राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गर्‍यो। तर, हरेक छानबिनको फरक फरक तथ्य बाहिर आएपछि घटना थप जटिल हुन पुग्यो।

छानबिन समितिको सुझावकै आधारमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरीलाई निलम्बन गरियो। प्रमाण नष्ट गरेको र यातना कसुरमा चलेको उनीहरुविरुद्धको मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ।

१० साउन २०७५ मा साथी रोशनी बमको घरमा होमवर्क गर्न पुगेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी निर्मलाको शव ११ साउनमा नजिकैको उखुबारीमा भेटिएको थियो।

हिमालखबर

Related Posts

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज
मुख्य समाचार

मतदानको दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने
मुख्य समाचार

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा
Videos

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

१० श्रावण २०७७, शनिबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

१० श्रावण २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

१० श्रावण २०७७, शनिबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

१० श्रावण २०७७, शनिबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

१० श्रावण २०७७, शनिबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

१० श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.