सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कांग्रेसभित्रको आशंका र नेकपाभित्रको महासंकटका विच ओली देउवाको भेटघाट

होस्ट खबर by होस्ट खबर
९ श्रावण २०७७, शुक्रबार
171
SHARES
322
VIEWS
FacebookTwitter
प्रधानमन्त्री ओली र सभापति देउवाको भेटघाटमा के भयो? देउवाले दिए यस्ता सुझाव

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविच भेघघाट बाक्लिन थालेको छ । पार्टीभित्रको विवाद समाधान हुन नसकिरहेका बेला ओलीले पछिल्लो समय कांग्रेस सभापति देउवासँग छलफल तीव्र पारेका हुन्।

ओली र देउवाबीच भइरहेको निरन्तरको छलफललाई लिएर नेकपाभित्र र नेपाली कांग्रेसमा रामचन्द्र पौडल लगायतको समूहबीच विभिन्न आशंकाहरु बढ्दै गएका छन्।

बिहीबार बालुवाटारमा झण्डै दुई घण्टा एक्लाएक्लै भेटवार्ता गरेका ओली र देउवाबीच आज पनि करिब एक घण्टा बालुवाटारमा भेटवार्ता भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिलगायतका विषयमा उनीहरुबीच भेटवार्ता भएको बताइए पनि दुवै पार्टीका समूहहरुमा भने त्यसले आशंका उत्पन्न गराएको छ।

ओलीले पार्टीभित्र देखिएको विवादकैबीच केही समयअघि पनि देउवासँग नियमित रुपमा छलफल र परामर्श गरेका थिए। पार्टी विभाजनको अवस्थामा गएपछि कांग्रेससँग मिलेर सरकार सञ्चालन गर्ने लगायतका विषयमा यसअघि छलफल भएको विषय बाहिरिएपछि त्यसले कांग्रेसभित्र पनि हलचल ल्याएको थियो।

उद्यपि लगत्तै बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले ओलीसँग भएको भेटवार्ता र छलफलका बारेमा प्रष्ट पारेका थिए।
नेकपाभित्र भने दाहाल–नेपाल समूहले त्यस्तै परे ओलीले पार्टी नै विभाजन गर्न सक्नेसम्मको चेतावनी दिइसकेकाले देउवासँगको छलफललाई आशंकाका रुपमा हेर्न थालेका छन्।

बिहीबारको भेटवार्तामा ओली र देउवाबीच के विषयमा कुराकानी भएको हो भन्ने विवरण बाहिर आइसकेको छैन। आजको भेटवार्तामा भने नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङ र कांग्रेस नेता रमेश लेखक पनि सहभागी थिए।

दुई नेताहरुबीचको छलफलमा सहभागी भएका नेता लेखकले समसामयिक विषयमा कुराकानी भएको प्रतिक्रिया दिए।

‘उहाँहरुबीच हिजो के विषयमा कुरा भयो जानकारी भएन्,’ उनले भने, ‘आज भने समसामयिक विषयमा नै छलफल केन्द्रित भएको हो। यसअघि भएका छलफलकै निरन्तरतामा उहाँहरुले कुराकानी गर्नुभयो।’

संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्ने बारेमा दुई नेताहरुबीच केही समयदेखि छलफल भइरहेको छ। नेता लेखकले दिएको जानकारीलाई नै आधार मान्ने हो भने दुई नेताबीच कुनै निर्णय भइसकेको छैन।

‘छलफल भइरहेका छन्, कुनै निर्णय नै भइसकेको छैन,’ उनले भने, ‘पुनः छलफल हुने कुरा भएको छ। उहाँहरु पुनः छलफल गर्नुहुन्छ होला।’
लेखकले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिलगायत अन्य विषयहरुमा छलफल चलिरहेको बताए। हिजोको छलफलमा देउवाले लकडाउनपछिको चुनौतीका विषयमा विशेष रणनीति बनाउन सुझाएका थिए।

यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेटवार्ता भएको थियो। उक्त भेटवार्ता संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा केन्द्रित थियो।

लामो समयदेखि विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न सकिएको छैन। प्रमुख प्रतिपक्षी दलसँग सहमति हुन नसकेकै कारणले अहिलेसम्म ती आयोगमा पदाधिकारी रिक्त छन्। संवैधानिक परिषद्को बैठकसमेत बस्न सकेको छैन।

सत्तारुढ दलभित्र देखिएको अर्को विवादको विषय विभिन्न निकायमा गरिने नियुक्ति पनि हो। पार्टीको निर्णयका आधारमा मात्रै नियुक्ति हुनुपर्ने दाहाल–नेपाल समूहले बताउँदै आइरहेका छन्।

आजै मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा सम्बोधन गर्दै सरकारले पार्टीको निर्णयभन्दा बाहिर गएर गर्ने नियुक्ति विवादित बनेको भन्दै सार्वजनिक रुपमै टिप्पणी गरेका थिए। पार्टीका नेताहरुले पार्टी कमिटीभित्र कुनै छलफल र नेताहरुसँगको परामर्शबिना नै ओलीले स्वेच्छाचारी हिसाबले नियुक्ति गर्दै आइरहेको आरोप लगाउदै आएका छन्।

उता कांग्रेसभित्र पनि बढ्दो भ्रष्टाचार र विभिन्न काण्डहरु भइरहँदा पनि प्रमुख प्रतिपक्षी दलले विरोध गर्न नसकेको आरोप देउवाले खेप्दै आएका छन्। संविधान जारी भएको ५ वर्ष पुग्न लागेको छ।

तर, ११ वटा संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्त हुन सकिरहेका छैनन्। लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसकेको भन्दै पछिल्लो समय ओली र देउवाबीचको भेटवार्ता बाक्लिएको विश्लेषण पनि गरिएको छ।

Related Posts

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश विजयी
ताजा समाचार

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश खत्री विजयी

बराहताल–३ मा कांग्रेसका पुन विजयी
ताजा समाचार

बराहताल–३ मा कांग्रेसका पुन विजयी

बराहताल २ मा एमालेको प्यानल विजयी
ताजा समाचार

बराहताल २ मा एमालेको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

९ श्रावण २०७७, शुक्रबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

९ श्रावण २०७७, शुक्रबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

९ श्रावण २०७७, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

९ श्रावण २०७७, शुक्रबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

९ श्रावण २०७७, शुक्रबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

९ श्रावण २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.