आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

धमाधम फरार अभियुक्त पक्रदै बाँके प्रहरी

होस्ट खबर by होस्ट खबर
९ श्रावण २०७७, शुक्रबार
173
SHARES
327
VIEWS
FacebookTwitter
धमाधम फरार अभियुक्त पक्रदै बाँके प्रहरी

बाँके : बाँकेमा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो एक महिनाभित्र जघन्य आपराधिक मुद्दामा फरारसहित लागुऔषध कारोवारमा संलग्न छ जनालाई पक्राउ गरी मुद्दा चलाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

बाँके वनकट्टीका करिब दर्जन आपराधिक गतिविधिमा संलग्न राजेश यादव, लागुऔषधका कारोवारी, शरीर बन्धक, अपहरण र जबर्जस्ती करणीका अभियुक्त बाँके वनकट्टीकै बब्बरी खाँ पठान, लागुऔषधको कारोवारी नेपालगञ्ज जयसपुरका रेश्मा खान र भगेलु कलवारलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई गत वैशाख ९ गतेदेखि फरार भएका चार प्रतिवादीमध्ये दुई जनालाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ । कोहलपुरको पिपिसी इँटाभट्टा उद्योगमा काम गर्दै आएका सोनु शेखलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका खजुरा गाउँपालिका–७ गुनाना बस्ने १९ वर्षीय समिर भाट र २९ वर्षीय कलिम भाट पक्राउ परेका हुन् ।

कुटपिटबाट गम्भीर घाइते भएका शेखले उनीहरुविरुद्ध दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ १३ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । घटनालगत्तै फरार भएकामध्ये दुई जनालाई उनीहरुकै गाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको छ । बाँकेमा भएका हत्या तथा विष्फोटलगायत जघन्य अपराधका नौवटा मुद्दाका फरार अभियुक्त यादव पक्राउ परेसँगै शान्ति सुरक्षा र अमनचयनमा बाँके प्रहरीसँग जनताको भरोसा बढेको छ । यसक्रममा पक्राउ परेका लागुऔषधका कारोवारी, शरीर बन्धक, अपहरण र जबर्जस्ती करणीका अभियुक्त बाँके वनकट्टीकै खाँ पठानविरुद्ध तीन मुद्दा चलाइएको छ ।

कलवार १८ किलो ५०० ग्राम अफिमको फरार अभियुक्त भगेलु कलवार र लागुऔषधको कारोवारी जयसपुरका खानविरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक रानाले बताए । बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक हप्ताभित्रै प्रहरी उपरीक्षक रानाले ठूला आपराधिक घटनाका अभियुक्त र लागुऔषध कारोवारीमा संलग्नलाई पक्राउ गरेसँगै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्न थालेका छन् ।

प्रहरी उपरीक्षक रानाले कानूनविपरीत हुने गरेका अवैध कार्यलाई तदारुकताका साथ रोकी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । उनका अनुसार कार्ययोजनाअन्तर्गत हरेक नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने, आपराधिक क्रियाकलापउपर कानूनी कारवाही गर्ने, खुला सीमानाकाबाट हुने सीमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धानमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिनेलगायतका कार्ययोजना रहेका छन् । रासस

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

९ श्रावण २०७७, शुक्रबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

९ श्रावण २०७७, शुक्रबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

९ श्रावण २०७७, शुक्रबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

९ श्रावण २०७७, शुक्रबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

९ श्रावण २०७७, शुक्रबार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

९ श्रावण २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.