दैलेख : बुधबार दैलेखमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ ।
बुधबार १६ जनामा कोभिड १९ पुष्टि भएपछि समुदायस्तरमा फैलिन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताएका छन् ।
बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिएको बताउँदै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
पूर्वमा रामघाट खोला, पश्चिममा स्याउलेकाँध, उत्तरमा भर्ता लेक, दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेला, जमघट, नगर्न र आवतजावत नगर्नरनगराउन भन्दै निषेधाज्ञा जारी गरिएको प्रजिअ कट्टेलको भनाइ छ ।
असार २४ गते गाउँपालिकाका ७३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १६ जना कोरोना पोजिटिभ देखिएको थियो ।
कोरोना प्रयोगशाला दैलेखले गरेको बिहिबारको पछिल्लो परीक्षणमा दैलेखका आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका २४ जनामा कोरोना देखिएको छ ।