पुतलीबजार : स्याङजा पुतलिबजारका एक व्यक्तिले आफ्ना दुइवटै अण्डकोष काटेका छन् । स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ बस्ने काभ्रेका सुक बहादुर गुरुङ रहेका छन् ।
४५ बर्षका गुरुङले बुधबार साँझ घाँस काट्ने आँसी (हँसिया) ले आफ्ना दुइवटै अण्डकोष काटी चुँडालेका थिए । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार गुरुङको मानसिक सन्तुलन ठिक नभएको र सोही कारण उनले अन्डकोष काटेको बुझिएको छ ।
गुरुङको अन्डकोष चुँडिएको अवस्थामा भेटिएछि जिल्ला अस्पताल स्याङ्जाको उपचारपछि थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।