शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

च्याउ खेतीमा युवाको आर्कषण छ तर उचित बजार छैन

सावित्री गिरी by सावित्री गिरी
७ श्रावण २०७७, बुधबार
263
SHARES
496
VIEWS
FacebookTwitter
च्याउ खेतीमा युवाको आर्कषण छ तर उचित बजार छैन

बाँसगढी बर्दियाका च्याउ उत्पादक किसान खिमराज डिसी फोटो : सावित्री गिरी

 नेपालगंज : बाँकेमा च्याउ खेतिप्रति युवा किसानहरुको आकर्षण बढ्दै गएको छ । अधिकांश भोज—भतेर, होटल अनि भान्साहरुमा च्याउको माग बढेसंगै किसानहरुले पनि उत्पादनमा ध्यान दिन थालेका छन् ।

यही खेतिमा सम्भावना देखेका बाँसगढी नगरपालिका वडा नम्वर २ स्थायी घर भएका खिमराज डिसी कम्तीमा पनि मासिक २० हजार आम्दानी गर्दछन् । पहिला उनी गाडी चलाउथे । गाडी चलाउदा जसो तसो खर्च चलाउने गरेका डिसीले च्याउ खेतीमा सम्भावना देखेपछि पेशा परिवर्तन गरे ।

च्याउ खेतिमा नलागेको भए आज खिमराज बिदेशमा अन्य कुनै ब्यबसाय गरीरहेका हुन्थे । तर च्याउ खेतिले उनको जिवनमा नसोचेको खुसी ल्यायो । अहिले उनी आफुले गर्दे आएको आम्दानी र च्याउको उत्पादन हेरेरै दंग छन । पेशालाई सर्वोपरी ठान्ने डिसी साईकल चलाएर च्याउ बिक्री गर्न जान्छन ।

मेहनतको परिणाम च्याउ खेतिबाट भबिष्य बनाउने खिमराजको सोच पुरा भयो । आफुले सिकेको ज्ञानसिपलाई उपयोग गर्दा खिमराज डिसी अहिले बाँके जिल्लामै सफल च्याउ खेति गर्ने किसानका रुपमा चिनिएका छन ।

बाँके बैजनाथ गाँउपालिका वडा नम्बर ७ स्थित पेडारीका किसान राजेन्द्र कुमार थारुले पनि च्याउ खेतीबाटै राम्रो आम्दानी गरीरहेका छन । पहिला राजेन्द्र कुमार चौधरीले च्याउ लगाएको घरमा बेमौसमी तरकारी खेती गर्थे । तरकारी खेतिबाट राम्रो उत्पादन लिन नसकेपछि राजेन्द्रले च्याउ खेति सुरु गरे । उनले कन्ये जातको च्याउ लगाएका छन । राजेन्द्रले च्याउ खेतिबाट बार्षिक ५ लाख रुपैया आम्दानी गर्छन ।

उनी विहान देखि वेलुका सम्म च्याउ खेतिमै ब्यस्त हुन्छन । उनको काममा घर परिवारले पनि साथ दिएका छन । जसका कारण राजेन्द्रलाई काम गर्न सहज भएको छ । च्याउ खेतिबाट आउने आम्दानीले बिगतको दःुख बिर्साएको छ ।

राजेन्द्रको मेहनत प्रशंसनीय छ । उनी अहिले सबैका लागि अनुकरणिय बनेका छन । च्याउ उत्पादनले नै बाँकेमा उनको पहिचान बनेको छ ।
च्याउ उत्पादक किसानहरु यो खेतीमा आर्कषित भएपनि बजारिकरणको समस्याले किसानहरुलाई निरुत्साहित बनाएको छ ।

बजारको समस्या
निरन्तर रुपमा च्याउ उत्पादन गर्ने किसान बाँके जिल्लामा ३७ जना छन । किसानहरु च्याउको बजार नहुदा चिन्तित छन । जिल्लाको तथ्यांक हेर्ने हो भने जम्मा ९ वटा मात्र कृषि उपज बजार स्थल छन । त्यो पनि नियमित रुपमा सञ्चालन हुने बजार न्युन छन ।

च्याउ टिपिसकेपछि धेरै लामो समय सम्म राखिरहन नमिल्ने भएकाले किसानले ब्यबस्थित बजारको माग गरेका छन। उपभोक्ताको रोजाईमा च्याउ परेपनि च्याउ किन्न उचित बजार छैन । उचित बजारीकरण हुने हो भने किसानहरुको उत्साह बढ्ने थियो ।

यो समस्यालाई मध्यनजर गर्दे सरोकारवालाहरुले बजारीकरण र बिउको सहज उपलब्धता बारे बेलैमा पहल थाल्न आवश्यक छ ।

Related Posts

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने
अर्थ खबर

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

७ श्रावण २०७७, बुधबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

७ श्रावण २०७७, बुधबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

७ श्रावण २०७७, बुधबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

७ श्रावण २०७७, बुधबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

७ श्रावण २०७७, बुधबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

७ श्रावण २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.