धरान : कोरोना भाइरस संक्रमणका कारण महोत्तरीका ६० बर्षिय बृद्धको मंगलबार राती निधन भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका ती वृद्धको गए राती निधन भएको हो। गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी दिए।
प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा। शर्माले बताए। मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ। मृतकको शव दाहसंस्कारका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।
यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो। प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा। निधेश सापकोटाले बताए। उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भइसकेको बताए। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४१ पुगेको छ।