बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बाढिपहिरोले ५४ जिल्लाका २३८ ठाउँमा क्षेती, ११४ भन्दा बढीको मृत्यु र पुरिएर ५० बेपत्ता

होस्ट खबर by होस्ट खबर
७ श्रावण २०७७, बुधबार
209
SHARES
394
VIEWS
FacebookTwitter
पहिरोले २ वटा घर बगाउँदा जाजरकोटमा ११ जना बेपत्ता, १ को मृत्यु

कान्तिपुर दैनिक/ काठमाण्डौं : मनसुन सुरु भएयता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौंलगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै संकलन गरिसकेको छैन ।

गृह मन्त्रालयका अनुसार पहिरोमा परी २३ जिल्लामा १ सय १४ जनाभन्दा बढीको मृत्यु भएको छ भने ९ जिल्लाका ५० जना अझै बेपत्ता छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा गएको पहिरोका कारण क्षति पुगेका घर तस्बिर स् सम्झना रसाइलीरकान्तिपुर

सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा, बझाङ, कास्की, जाजरकोट, धादिङलगायत जिल्लामा भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८, मल्लेसीमा पहिरोमा पुरिएर गत असार १९ गते सात जनाको मृत्यु भएको थियो, एक जना अझै बेपत्ता छन् । पहिरोबाट २१ घरपरिवार विस्थापित भएका थिए । त्यसको पाँच दिनपछि असार २४ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोसी गाउँपालिकास्थित गुल्कोटे र फुलपिङकट्टीमा पहिरो जाँदा ७ जनाको मृत्यु भयो । २३ जना बेपत्ता छन् । पहिरोले कोदारी राजमार्ग अवरुद्ध छ ।
असार २६ गते म्याग्दीका विभिन्न स्थानमा पहिरोबाट २८ जनाको ज्यान गयो भने चार अझै भेटिएका छैनन् । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडकखण्ड अवरुद्ध छ । पहिरोले चारवटा मोटरेबल पुलका साथै पाँच ठाउँमा सडक बगाएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवा खोलामा पहिरोमा ११ जना बेपत्ता छन् । बेपत्ताको उद्धारमा गएका एक स्थानीयको समेत मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

पहिरो र बाढीले आधा दर्जनभन्दा बढी जिल्लाका मुख्य र सहायक मार्ग अवरुद्ध बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले पहिरोबाट अवरुद्ध बेनी–जोमसोम सडकखण्ड १५ दिनभित्र र सिन्धुपाल्चोकको कोदारी राजमार्ग जतिसक्दो चाँडो सञ्चालन हुने गरी काम थाल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र सचिव देवेन्द्र कार्कीलाई निर्देशन दिएको थियो । तर प्रधानमन्त्रीको निर्देशनअनुसार अवरुद्ध सडक खुलाउने काम अघि बढेको छैन । म्याग्दी र सिन्धुपाल्चोक मात्र होइन, उपत्यकाको ‘लाइफलाइन’ मानिएको नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक मंगलबार अपराह्नबाट एकतर्फी मात्र खुलेको छ ।

पहिरोपछिको बाढीले बाजुराको बूढीगंगा नगरपालिकास्थित ताप्रिसेराको पक्की पुल बग्दा अछाम र बाजुरामा यातायात आवागमन बन्द छ । साउन ५ गते राति पहिरो र बाढीले पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत चितवन–धादिङको मौवा खोलाले पक्की पुल भत्काएको छ । त्यहाँ बेलिब्रिज वा एक्रोब्रिज राखेर आवागमन खुलाउने विषयमा भौतिक पूर्वाधार मन्त्रालय र सेना छलफलमा जुटेका छन् । मंगलबार सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरोले बाटो अवरुद्ध बनेको थियो । अपराह्नबाट सावधानी अपनाएर यातायात सञ्चालन गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी दीपक खरेलले बताए ।

अविरल वर्षाका लागि मुलुकभर बाढीपहिरो र डुबानका घटना बढेसँगै नेपाली सेनाले उद्धार र राहत वितरणका लागि चार स्थानमा तीन ‘स्काई ट्रक’ र १० वटा हेलिकप्टरलाई तयारी अवस्थामा राखेको छ । पश्चिम एयरबेस सुर्खेतमा स्काई ट्रक, एउटा एमआई–१७ र इकुरेल खटाइएको छ । यस्तै, मध्य एयरबेस काठमाडौंमा दुईवटा स्काई ट्रकसहित एमआई–१६, इकुरेल, अगस्टा, पिपर र कासा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । पूर्व एयरबेस सुनसरीको इटहरीमा एक बेल हेलिकप्टर र चितवनको भरतपुरमा एक एमआई–१७ हेलिकप्टर राखिएको छ ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले विपद् व्यवस्थापनका लागि ती हवाई साधनहरूलाई म्याग्दी, सिन्धुपाल्चोक, तनहुँ र म्याग्दीलगायतका स्थानमा प्रयोगमा ल्याइसकेको छ । सेनाले रौतहटमा गौरको छठघाट इलाका र गढिमाई–१ समनपुरमा हेलिकप्टर उडान–अवतरणका लागि सुरक्षित स्थान बनाएको छ ।

घाइतेको उद्धारका लागि नेपालगन्ज, पोखरा र इटहरीका सैनिक अस्पतालमा ५०र५० शय्यासमेत तयार राखेको छ । विपद् व्यवस्थापन कार्यकै लागि सेनाको प्रत्येक पृतना र गणहरूबाट आवश्यक स्रोतसाधनसहितको फौज प्रभावित क्षेत्रमा खटाइएको छ । ‘विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत विपद् व्यवस्थापन गणले देशका ८ स्थान इटहरी, सिरहा, गजुरी, भैरहवा, नेपालगन्ज, कैलाली, चितवन र पोखरामा फौज परिचालन गरेको छ,’ पौडेलले भने । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

Related Posts

संसदमा प्रधानमन्त्रीलाई नैतिक हुन र राजिनामा दिन दलहरुको दबाब
पत्रपत्रिका

संसद् अवरोध नगर्ने मुडमा प्रतिपक्ष

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल
अन्तर्राष्ट्रिय

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल

मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक गाडी नचल्ने
पत्रपत्रिका

मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
ताजा समाचार

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा
पत्रपत्रिका

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

७ श्रावण २०७७, बुधबार
असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने महासङ्घको निर्णय

सार्वजनिक गाडीलाई विद्युतीयमा बदल्न छलफल शुरू

७ श्रावण २०७७, बुधबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ ज्येष्ठ ५ गते बिहिबार, आजको राशिफल

७ श्रावण २०७७, बुधबार
वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

७ श्रावण २०७७, बुधबार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

७ श्रावण २०७७, बुधबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

७ श्रावण २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.