आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेतमा पनि विविध कार्यक्रम गरी मनाइयो ३८ औं बिपी स्मृती दिवस

होस्ट खबर by होस्ट खबर
६ श्रावण २०७७, मंगलवार
183
SHARES
345
VIEWS
FacebookTwitter
सुर्खेतमा पनि विविध कार्यक्रम गरी मनाइयो ३८ औं बिपी स्मृती दिवस

सुर्खेत : आज नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि) को ३८ औं स्मृति दिवस मनाइदैछ ।

बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

नेपाली काँग्रेस सुर्खेतले पनि आज उपत्यकाकाको सुब्बाकुनामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बृक्षारोपण सहित पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरी सुर्खेत काँग्रेसले विपीको स्मरण गर्दै समाजबादको चर्चा गरेको हो ।

वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले अहिले देशमा विपीको विचार अत्यावश्यक भएको बताए । ‘अहिले देशमा जहाँतहाँ विवाद नै विवाद देखिने गरेको छ । यी विवादलाई समाधान गर्न विपिको मेलमिलाप नीति अंगिकार गर्नुपर्ने बेला आएको छ ।’ उनले भने, ‘विपी महान विचारक हुन । उनको समाजवाद देशमा लागु गर्न आवश्यक छ । उक्त समाजवाद लागु गरेको खण्डमा मात्रै नेपालको भविष्य उज्जववल छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले विपीको महान विचारबाट काँग्रेस मात्रै नभई अरुले पनि पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ । विभिन्न जिल्लामा पनि काँग्रेस तथा यसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी बीपिलाई सम्झदैछन् ।

कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

उनले अभ्यास गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

Tags: ३८ औं बिपी स्मृति दिवस

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
भर्खर

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

६ श्रावण २०७७, मंगलवार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

६ श्रावण २०७७, मंगलवार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

६ श्रावण २०७७, मंगलवार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

६ श्रावण २०७७, मंगलवार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

६ श्रावण २०७७, मंगलवार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

६ श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.