बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीमा किन बनेन आमसञ्चार प्रतिष्ठान ?

होस्ट खबर by होस्ट खबर
५ श्रावण २०७७, सोमबार
231
SHARES
435
VIEWS
FacebookTwitter
कर्णालीमा किन बनेन आमसञ्चार प्रतिष्ठान ?

सुर्खेत : संभवतः प्रदेश स्तरमा मिडियाको विकासको लागि सबैभन्दा पहिले नीतिगत व्यवस्था गर्ने कर्णाली प्रदेश सरकार हो । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट र नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको बृहत्तर विकासको लागि आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरेको थियो । तर, व्यक्ति केन्द्रित भएर स्थापनाको प्रयास हुँदा दुई वर्षसम्म पनि प्रतिष्ठान स्थापना हुन सकेको छैन ।

स्थापना किन हुन सकेन त रु केही कारण यस्ता छन् :

प्रतिष्ठानजस्तो ठूलो र दीर्घकालीन महत्वको निकाय संसदबाट ऐन बनाई स्थापना गरिनुपर्छ । कर्णाली प्रदेश सरकार सबैभन्दा पहिले यही बिन्दुबाट चुकेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मै विधेयक बनाउनको लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिएको थियो । यसको लागि मन्त्री नरेश भण्डारीले एकजना पत्रकारलाई विधेयकको मस्यौदा बनाउने जिम्मा दिएका थिए । ती पत्रकारले मस्यौदा त बनाए, तर मन्त्रालयले त्यसलाई ग्रहण गरेर प्रक्रिया अघि बढाउने प्रयासै गरेन । बरु आर्थिक वर्ष २०७६र७७ मा कर्णाली प्रदेशका योजना आयोगका एकजना सदस्यलाई प्रतिष्ठान स्थापनाको लागि आवश्यक प्रक्रिया थाल्न जिम्मा दिए । तर, मन्त्री भण्डारी ऐन बनाएर संसदबाट जानुभन्दा मन्त्रिपरिषदबाट गठन आदेश जारी गराई ‘द्रूतमार्ग’बाट अघि बढ्न खोजे । अहिले संसद चलिरहेको बेला यो प्रयास अनुपयुक्तमात्र होइन, स्वयं आमसञ्चार प्रतिष्ठानको लागिसमेत दीर्घकालीन जीवनमा समेत घातक हो । त्यसमाथि करिब २ महिनाअघि मात्र संसदीय समितिले गठन आदेशबाट प्रतिष्ठान, परिषद, आयोगजस्ता दीर्घकालीन आर्थिक दायित्व पर्ने निकाय गठन नगर्न निर्देशन दिएको छ । गठन भइसकेको पर्यटन बोर्ड त खारेज गर्न निर्देशन दिएको थियो । त्यसैले मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावलाई स्वीकारेन ।

मन्त्रालयले मन्त्रिपरिषदमा लगेको ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान ९गठन तथा कार्यसञ्चालन आदेश०–२०७७ मा उल्लेखित कतिपय प्रावधान व्यक्ति केन्द्रित हुँदा पनि प्रतिष्ठान गठन हुन सकेन । आमसञ्चार प्रतिष्ठानजस्तो प्राज्ञिक संस्थाको कार्यकारी प्रमुख रहने उपाध्यक्षको शैक्षिक योग्यता स्नातक र उमेर ३० वर्ष भए पुग्ने राखिएको छ । पत्रकारिता क्षेत्रले मन्त्रालयले आपूmसँग समन्वय नगरे पनि यस्तो निकायको कार्यकारी प्रमुखको योग्यता संभव भए पत्रकारिता क्षेत्रमै वा नभए अन्य विषयमा स्नातकोत्तर हुनुपर्ने भन्दै आएको छ । प्रतिष्ठान, आयोग, समितिजस्ता स्वायत्त र नीति निर्माण तथा कार्यान्वयन गर्ने निकायमा कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधानलाई समेत लत्याइनु गठन आदेशको अर्को कमजोरी रह्यो ।

गठन आदेशको अर्को कमजोरी भनेको यो स्वायत्त निकाय हुनबाट चुक्नु हो । प्रतिष्ठानको सबैभन्दा शक्तिशाली निकाय निर्देशक समिति रहने प्रावधान छ । त्यसको अध्यक्ष आन्तरिक मामिला तथा कानुनमन्त्री रहने व्यवस्था गठन आदेशमा उल्लेख गरिएको छ । समग्र प्रदेशको पत्रकारितालाई ‘स्कुलिङ’ गर्नको लागि पत्रकारिताको पाठ्यक्रम निर्माणजस्ता काम गर्ने निकायको प्रमुख मन्त्री हुनु राम्रो मान्न सकिँदैन । प्रतिष्ठानको कार्यकारी समितिको प्रमुखमा एकजना उपाध्यक्ष राख्ने व्यवस्था छ । तर, उक्त कार्यकारी समितिलाई निर्देशक समितिले आवश्यक निर्देशन दिने भनिएको छ । यसले लेख्दा ‘स्वायत्त संस्था’ भनिए पनि व्यवहारमा त्यस्तो अवस्था देखिएन ।

अर्को घातक पक्ष भनेको कार्यकारी उपाध्यक्षलगायत सदस्यको नियुक्ति प्रक्रिया हो । उपाध्यक्ष, कार्यकारी निर्देशक र ३ जना सदस्यको नियुक्ति मन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले गर्ने प्रावधान छ । मन्त्रीको सिफारिमा मन्त्रिपरिषदले जतिसुकै बेला पदमुक्त गर्ने प्रावधान राखिएको छ । यसले नियुक्त पदाधिकारीले स्वतन्त्र पत्रकारिताको विकासमा कसरी काम गर्न सक्छन् ?

अब के गर्ने ?
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रतिष्ठान गठनको लागि विधेयक बनाउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकेको छ । संसदबाट ऐन बनाएर भन्दा उपयुक्त बाटो अर्को हुन सक्दैन । सबैभन्दा नजिकको सरोकारवाला निकाय नेपाल पत्रकार महासंघसँग समेत छलफल गरी विधेयकको राम्रो मस्यौदा बनाउनुपर्छ । प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय वा मन्त्रीको भूमिका व्यवस्थापकीय र अभिभावकीय मात्र हुनुपर्छ । प्रतिष्ठानलाई निर्देशन दिने र जतिबेला चाह्यो उतिबेला पदमुक्त गर्न सक्ने शक्तिशाली हुनु हुँदैन । बरु मन्त्रीको अध्यक्षतामा प्रतिष्ठानको सभा ९सिनेट० बनाउन सकिन्छ । उक्त सिनेटमा पत्रकार महासंघका प्रदेशका अध्यक्ष तथा महासचिव र १० वटै जिल्ला शाखाका अध्यक्षलाई राख्न सकिन्छ । आवश्यकताअनुसार आमसञ्चार तथा सूचना र प्रविधि क्षेत्रका विज्ञ र प्रतिनिधिमूक व्यक्तिलाई सिनेट सदस्य राख्न सकिन्छ ।

प्रतिष्ठानमा जान चाहने संभावित व्यक्ति (पत्रकार) ले समेत क्षणिक पदको लाभ नहेरी संस्थाको दीर्घकालीन हितलाई ख्याल गर्नुपर्छ । कर्णालीका समग्र पत्रकार र पत्रकारिता क्षेत्रको विकासको लागि स्थापना हुने संस्था स्वायत्त र शक्तिशाली हुनुपर्छ । व्यक्ति महत्वपूर्ण कुरा होइन, विधि र संरचनाको दीर्घजीवन महत्वपूर्ण कुरा हो । आमसञ्चार प्रतिष्ठानजस्तो निकाय आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एउटा शाखाजस्तो भयो भने त्यसले राम्रो प्रतिफल दिन सक्दैन ।

Related Posts

पुराना मोबाइलबाट सुन निकाल्दै नास्ट
अन्तर्राष्ट्रिय

पुराना मोबाइलबाट सुन निकाल्दै नास्ट

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?
सूचना प्रबिधि

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?

मोबाइल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)
सूचना प्रबिधि

मोबाइल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

के हुँदैछ ‘मेड इन नेपाल’  हुलास इलेक्ट्रीक कार ?
ताजा समाचार

के हुँदैछ ‘मेड इन नेपाल’ हुलास इलेक्ट्रीक कार ?

दृष्टिविहीनका लागि आँखाको काम गर्ने चस्मा
सूचना प्रबिधि

दृष्टिविहीनका लागि आँखाको काम गर्ने चस्मा

कम्प्युटर पुरानो भयो ? यसरी बनाउनुहोस् फास्ट
सूचना प्रबिधि

कम्प्युटर पुरानो भयो ? यसरी बनाउनुहोस् फास्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने महासङ्घको निर्णय

सार्वजनिक गाडीलाई विद्युतीयमा बदल्न छलफल शुरू

५ श्रावण २०७७, सोमबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ ज्येष्ठ ५ गते बिहिबार, आजको राशिफल

५ श्रावण २०७७, सोमबार
वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

५ श्रावण २०७७, सोमबार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

५ श्रावण २०७७, सोमबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

५ श्रावण २०७७, सोमबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

५ श्रावण २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.