सुर्खेत : नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार सुन प्रतितोला ९२ हजार ५ सयमा कोरोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १००५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५ रुपैयाँले घटेर १००० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।