बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

डीआईजी हुँदा श्रीमतीको हत्या गरेका रञ्जन कोइरालाको जन्मकैद सर्वोच्चले घटाइदियो, यही साता जेलबाट छुट्दै

होस्ट खबर by होस्ट खबर
५ श्रावण २०७७, सोमबार
190
SHARES
359
VIEWS
FacebookTwitter
डीआईजी हुँदा श्रीमतीको हत्या गरेका रञ्जन कोइरालाको जन्मकैद सर्वोच्चले घटाइदियो, यही साता जेलबाट छुट्दै

काठमाडौँ : श्रीमतीको हत्या गरेको अभियोगमा अदालतले सुनाएको सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइदिएको छ। सर्वोच्चले उनको सजाय घटाएर साढे ८ वर्षमा झारिदिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइराला साढे ८ वर्ष मात्रै जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै उनको सजाय घटाइदिएको हो।

साबिक इचंगुनारायण– ६, काठमाडौंका रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत रहँदा नै पत्नी गीता ढकाललाई हत्या गरेको ठहर भएको थियो । काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा उनलाई पत्नीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसीर २०७२ मा सदर गरेको थियो । त्यस विरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए।

उक्त मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले १५ असार २०७७ मा जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । राणा र केसीले कोइराला ८ वर्ष ६ महीना मात्रै जेल बस्दा ‘सजायको मकसद पूरा हुने’ ठहर्‍याएका छन्।

यस्तो थियो घटना

२०५० सालमा बिहे गरेका रञ्जन र गीताबाट दुई छोराको जन्म भएपछि उनीहरुको सम्बन्ध बिग्रन थालेको थियो । रञ्जनले चितवनकी तारा रेग्मीसँग सम्बन्ध बढाएपछि उनको पारिवारिक सम्बन्ध बिग्रंदै गएको थियो । रञ्जनले गीतामाथि सम्बन्धविच्छेदका लागि दबाब दिंदै अंशचलान मुद्दा हालेका थिए भने गीताले रन्जनमाथि मानाचामल मुद्दा हालेकी थिइन्।

उनीहरु एक अर्काबाट छुट्टिएर बस्न थालेका थिए । गीता बूढानीलकण्ठ–५ मा बस्थिन् भने रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि २०६८ भदौमा चीन गएका थिए । चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए । २७ पुसमा गीताको घर पुगी कान्छो छोरा लिएर हिंडेका थिए । गीताले आफ्ना बाबु हरेराम ढकाललाई त्यसबारे जानकारी दिएकी थिइन् ।

त्यसपछि माइतीले बारम्बार प्रयास गर्दा पनि गीतासँग सम्पर्क हुन सकेन । खोजी गर्दा पनि नभेटिएपछि गीताका बाबु हरेरामले ‘रञ्जनले छोरीको दाइजो र पेवा हत्याउनका लागि सम्बन्ध विच्छेदको दबाब दिँदै आएको, बारम्बार मानसिक र शारीरिक यातना दिएको भन्दै उनलाई बन्धक बनाएर राखेको हुनसक्ने’ आशंकासहित ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए । त्यसको दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाएका हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जन विरुद्ध अर्को जाहेरी दिए।

श्रीमती हत्याको मुद्दामा जन्मकैद सजाय काटिरहेका रञ्जन कोइराला ।

अनुसन्धान हुँदै जाँदा रञ्जनले २७ पुसमै गीताको हत्या गरेको र मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो । २८ पुसमा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंग भेटिए । डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो । ८ माघमा नागढुंगामा आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित रञ्जन पक्राउ परे।

यो मुद्दामा अदालतमा लामो बहस भयो । झण्डै साढे दुई वर्षपछि काठमाडौं जिल्ला अदालतले रञ्जनलाई पत्नी गीताको हत्याका लागि जिम्मेवार ठहर्‍यायो र उनलाई जन्मकैदको फैसला गर्‍यो । उनकी प्रमेका भनिएकी तारालाई एक वर्ष सजाय हुने फैसला पनि अदालतले सुनायो।

त्यस विरुद्ध तीनै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरे । पीडितका तर्फबाट नेपाल सरकारले ताराले ज्यान मार्ने काममा षडयन्त्र गरेको भन्दै १० देखि १५ वर्षसम्मको कैद सजाय मागसहित पुनरावेदन गर्यो भने रन्जन र तारा दुवैले आफूहरु निर्दोष रहेको दाबी गर्दै कुनै सजाय नहुनुपर्ने जिकिर गरे।

तर, २३ मंसीर २०७२ मा उच्च अदालतले तीनै पक्षको पुनरावेदनमा दावी नपुग्ने ठहर गर्‍यो र जिल्ला अदालतको फैसलालाई नै सदर गर्‍यो । त्यसपछि रञ्जन र नेपाल सरकार दुवै उस्तै तर्क गर्दै सर्वोच्च अदालत पुगे । त्यसरी आफूकहाँ आइपुगेको मुद्दामा सर्वोच्चले अन्तिम फैसला गर्दै रन्जनको सजाय घटाइदिएको हो।

न्यायाधीशको चित्तमा लाग्यो।।।

रन्जन कोइरालाले आफू निर्दोष रहेको जिकिर गरे पनि त्यसमा सर्वोच्च अदालत सहमत भएको छैन । अदालतमा पेश भएका प्रमाण केलाउँदा रञ्जनले नै गीताको हत्या गरेको ठहर्‍याए पनि सर्वोच्चले रञ्जनको कैद सजाय भने घटाइदिएको हो । ‘दुई जनाबीच भएको वादविवादपछि हात हालाहाल हुँदा रन्जनले नै गीताको हत्या गरेको पुष्टि भएको’ सर्वोच्च अदालतको पनि ठहर छ । त्यसका लागि रञ्जनले प्रहरीसमक्ष आफैंले हत्या गरेको भनी गरेको बयान, लास जलाएको स्थानमा भेटिएका हड्डीका टुक्रा, आगोले डढेको लेडिज घडी, शरीरको आधा भन्दा बढी हिस्सा जलेको अवस्थामा फेला परेको शवको लासजाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्काको व्यहोरा, घटनास्थल भेटिएका अवशेषहरु महिलाको भएको, शरीर पूरै जलेको भन्ने शव परीक्षण प्रतिवेदन लगायतलाई अदालतले प्रमाणको रुपमा स्वीकारेको छ।

‘मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्यु पश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जे जस्ता दशी प्रमाणहरु मौजुद छन् तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष रहेछन् भन्न सकिने अवस्था देखिएन। प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु रञ्जनप्रसाद कोइरालाबाटै भएको देखिन आयो,’ फैसलामा छ।

यसरी गीताको हत्यामा रन्जनलाई नै जिम्मेवार ठहर्‍याएपछि भने सर्वोच्च अदालतले उनलाई भएको सजाय घटाइदिन शुरु गरेको छ । शुरुमा सर्वश्वसहित जन्मकैदलाई जन्मकैदमा झारिदिएको छ।

जिल्ला र पुनरावेदन अदालतले रञ्जन कोइरालाको हकको अंश सर्वश्व गरी असुल्नू भन्ने आदेश गरेका थिए । यसमा सर्वोच्चले भनेको छ– ‘रञ्जनप्रसाद कोइरालालाई सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको जिल्ला र उच्च अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहरे पनि मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएर जन्मकैदको सजाय मात्र हुने व्यवस्था भएकोले रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ।’

यसपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले कोइरालालाई जन्मकैदको सजाय गर्दा ‘चर्को पर्न जाने हो कि’ भन्नेबारे विचार गरेका छन् । त्यसपछि गीता ढकालकै कारण रञ्जन कोइराला आवेशमा आएका र त्यहीबेलाको रिसबाट गीतालाई धकेल्दा भित्तामा ठोकिएर उनको मृत्यु भएको निष्कर्ष निकालेका छन् । फैसलामा उल्लेख छ– ‘वारदात हुँदाको पृष्ठभूमि सहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रीसबाट भएको भन्ने सम्मको अवस्था देखिन्छ।’

जुन कानूनलाई देखाएर सर्वोच्च अदालतले रञ्जन कोइरालाको सजाय घटाएको छ, त्यसको व्यापक दुरूपयोग भएको छ, पढ्नुहोस् :

ज्यानमाराप्रति उदार न्यायाधीश

अभिभावक विहीनताको कारणले रञ्जन–गीताबाट जन्मेका दुई जना छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दीक्षामा अन्योल हुन गई उनीहरुको हितमा समेत दूरगामी प्रभाव पर्न जाने भन्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको इजलासले रन्जनको सजाय घटाइदिएको हो । फैसलामा भनिएको छ– ‘उपरोक्त कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महीना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महीना कैद हुने ठहर्छ।’

सर्वोच्च अदालतको यस्तो आदेशपछि अब रञ्जन यसै साता छुट्नेछन् । ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेकोमा सर्वोच्च अदालतको ठहर बमोजिम ८ वर्ष ६ महीना यही ७ साउन २०७७ मा पुग्दैछ । अबको पाँच दिनपछि रन्जन थुनामुक्त हुँदैछन्।

रञ्जन अहिले डिल्लीबजार कारागारमा छन्।

https://drive.google.com/file/d/1teRHvp77bcd9KRQiq5wixJ9hkx9Jbnrp/view

हिमालखबर

Related Posts

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

५ श्रावण २०७७, सोमबार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

५ श्रावण २०७७, सोमबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

५ श्रावण २०७७, सोमबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

५ श्रावण २०७७, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

५ श्रावण २०७७, सोमबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

५ श्रावण २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.