मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना संक्रमित हुनु कुनै जुनिको पाप होइन, अन्य रोग जस्तै हो : नेता शाही

होस्ट खबर by होस्ट खबर
४ श्रावण २०७७, आईतवार
258
SHARES
487
VIEWS
FacebookTwitter
कोरोना संक्रमित हुनु कुनै जुनिको पाप होइन, अन्य रोग जस्तै हो : नेता शाही

सुर्खेत : कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको हसार २८ गते स्वाव संकलन गरियो । जहाजमा हुम्ला जानु पर्ने र उक्त जहाजले पिसिआर रिर्पोट मागेपछि उनी पिसिआर जाँच गराउन गएका थिए । २९ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भयो । उनीसँगै चौविसै घण्टा बस्दै आइरहेका उनका स्वकीय सचिव राज रोकायामा कोरोना नेगेटिभ देखियो । उनी कोरोना संक्रमति भएको आज आठौं दिन हो । हाल उनको स्वास्थ्य स्थिति सामान्य छ ।

सुरुमा मिडियामा आउन नचाहेका शाही शाही विभिन्न मिडियामा बारम्बार समाचार र तस्विर सार्वजनिक भएपछि उनी अहिले खुलेर मिडिया सामु आउन थालेका हुन । नयाँ नेपालसँग कुराकानी गर्दै नेता शाही आफूमा कोरोना संक्रमण भएको सन्देश बाहिर जाँदा जनमानसमा नकारात्मक प्रभाव पर्छ कि भन्ने ठानेर सार्वजनिक नभएको बताउँछन् । ‘सबै कार्यकर्ता, नेतामा कोरोना त्रास फैन्छि कि भनेर प्रचार गर्न खोजेको थिएन ।’ उनले भने, ‘सबैले थाहा पाइसकेपछि आजकाल दैनिक रुपमा फोन रिसिभ गर्नेकाम गरिरहेको छु ।’
कर्णाली प्रदेशका प्रभावशाली नेता शाही पूर्व मन्त्रीसमेत हुन । उनका स्वकीय सचिव रोकायाले नेता शाहीको दैनिकीको यसरी व्याख्या गरे । ‘उहाँ विहान पाँच बजे उठनु हुन्छ । नियमित एक्सरसाईज, योगा व्यायाम गर्नु हुन्छ । त्यसपछि नुहाउने काम गर्ने गर्नु हुन्छ । बेलुका पनि एक घण्टा नियमित व्यायाम गर्ने, ध्यान गर्ने गर्नु हुन्छ । दिउसो पार्टी काममा उहाँ फर्किसक्नु भएको छ । फोनहरु रिसीभ गर्ने, आवश्यक निर्देशन दिने, कार्यकर्ताको मनोबल उच्च बनाउने कामहरु पmोनमार्फत गर्दै आउनु भएको छ ।’

उनी भन्छन्, ‘खाना नियािमत रुपमा खाइरहनु भउको छ । कोरोना संक्रमण हुनु भन्दा पहिलेकै खाना खाइरह्नु भएको छ । खानाको रुचिमा तलमाथि भएको छैन । विहान ब्रेकफास्ट, त्यसपछि दाल र भात, अनि बेलुका रोटी तरकारी खाइरहनु भएको छ । कोरोनना संक्रमण भएको सुरुका दिनमा मनोबल उच्च थियो । दोश्रो दिनमा उहाँ केहि तनावमा जानु भयो । त्यसरी तनावामा जानुको एकमात्र कारण घरपरिवारको चिन्ता, कार्यकर्ताको चिन्ता नै थियो । मियिामा तस्वीरसहित समाचार प्रकाशन भएपछि केहि तनाव भएको हो । तर अहिलेसम्म उहाँको स्वास्थ्यमा केहि पनि समसया आएको छैन । उल्टै हामीलाई सम्झाईरहनु भएको छ ।’

उनका अनुसार नेता शाहीले इम्युनिटी ताकत बढाउनतिरै बढि ध्यान दिएका छन् । मह, गुर्जो, अदुवापानी, हल्दीपानी, लसुनपानी नियमित प्रयोग गरिरहेका छन् । हुम्लाबाट जडिवुटी पठाइएको छ ती सबैको प्रयोग निरन्तर गरिरहेका छन् । इम्युनिटी पावर बढाउन र गला सफा  गर्न दैनिक चार पटक तातो बाफ लिइरहेका छन् । स्वास्थ्यमा कुनैपनि समस्या नआएका कारण अहिलेसम्म स्वास्थ्य जाँच गर्न गरेका छैनन् ।

‘कोरोना संक्रमण देखिँदा वित्तिकै हामी पनि आत्तिएका थियौं । तर उहाँले हामीलाई उल्टो सम्झाई रहनु भएको थियो । सुगर प्रेसरको औषधी नियमित लिइरहनु भएको छ । नागरिकसँग चाँडै जिल्लामा आउँछु भनेर भनिरहनु भएको छ ।’ रोकायाले उनको दैनिकी नयाँ नेपाललाई सुनाए ।

यता नेता शाहीले कोरोना संक्रमण त्यति खतरनाक रोग प्रचार गरिए जस्तो नभएको बताए । ‘जसरी अफवाह फैलाइएको थियो त्यस्तो रहेनछ यो नियमित रोग जस्तै रहेछ । यसले मानसिक रुपमा मात्रै टाढा बनाउने रहेछ ।’ उनले भने, ‘नियमित व्यायाम गर्न आवश्यक छ । जतिधेरै व्यायाम ग¥यो त्यति नै राम्रो हुने रहेछ । कोरोना आतंक विश्वमा हल्लाको आधारमा फैलाइएको हो कि जस्तो मलाई लागेको छ ।’
उनले कोरोना संक्रमण फैलिने प्रणाली पनि अनौठो रहेको बताए । ‘मलाई कसरी संक्रमण भयो थाहै भएन । मेरो सम्पर्कमा आएका सयौं जनामा कोरोना देखिएन । अहिले घरमा पहिले जस्तै बसिरहेका छौं । छुनै हुन्न भन्ने भावना गलत रहेछ ।’ उनले भने, ‘दशौं या एघारौं दिनमा स्वाव जाँच गर्ने सल्लाह भएको छ । त्यसपछि म उक्त नतिजा हेरेर गाउँ जाँने योजनामा छु ।’ उनले कोरोना लाग्नु कुनै जुनिको पाप नभएको बताउँदै समाजमा कोरोना संक्रमित भएका व्यक्तिलाई सहज रुपमा लैजान आग्रह गरे । ‘कोरोना संक्रमित व्यक्ति भनेपछि एक खालको बन्देज समाजमा छ । उसलाई हेर्ने नजर फरक छ । माया बढि चाहिने, सहयोग बढि चाहिने समयमा उसलाई एक्लै बनाउन्ु पर्ने संरचना निर्माण गरिएको छ । यो राम्रो होइन ।’ उनले भने, ‘म बाहिर मात्रै आएको छैन । अन्य सबै काम गरिरहेको छु । समाजले कोरोनालाई रुघाखाकी जस्तै गरि लिन आवश्यक छ ।’

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

४ श्रावण २०७७, आईतवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

४ श्रावण २०७७, आईतवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

४ श्रावण २०७७, आईतवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

४ श्रावण २०७७, आईतवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

४ श्रावण २०७७, आईतवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

४ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.