सुर्खेत : कर्णाली प्रदेशमा ४ जना कोरोना संक्रमित थपिदा १७ जना कोरोना जितेर घर फर्किएका छन् । लेखबेशी आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना, दैलेख अस्पताल नारायण आइसोलेसन सेन्टर दैलेखबाट ३ जना, चौरचहरी अस्पताल रुकुम पश्चिमबाट ३ जना र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट १० जना कोरोना जितेर घर फर्किएका हुन् ।
आज सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ५ सय १० पुगेको छ । चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणबाट रुकुम पश्चिमका ३ जना र सल्यानका १ जना गरी ४ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३७ पुगेको छ ।