मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

किन झ्याप–झ्याप गइरहन्छ सुर्खेतमा बत्ती ?

होस्ट खबर by होस्ट खबर
१ श्रावण २०७७, बिहीबार
174
SHARES
328
VIEWS
FacebookTwitter
किन झ्याप–झ्याप गइरहन्छ सुर्खेतमा बत्ती ?

सुर्खेत : नेपालमा लोडसेडिङमुक्त भएको झण्डै दुईवर्ष भइसकेको छ । हाल केन्द्रीय विद्युत प्रशारणलाइन पुगेका ठाउँमा कुनै पनि ठाउँमा लोडसेडिङ छैन । हिजोआज वर्षाको समय भएका कारण पनि विद्युत उत्पादन झनै बढेको छ । तर पनि सुर्खेतमा विद्युत नियमित छैन ।

दिनमा सयौं पटक झ्याप–झ्याप जाने बत्तीका (विद्युत लाइन) कारण सर्वसाधारण आजित बनेका छन् । रातीको समयमाभन्दा प्रायद्य दिनमा विद्युत लाइन अनियमित धेरै हुने गरेको छ । पटक–पटक बत्ती जाँदा सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरु निकै हैरान हुँदै आएका छन् । बारम्बार बत्ती जाँदा बइलेक्ट्रोनिक्स सामानहरु बिग्रीएर हैरान भएको स्थानीयको पीडा छ । सर्वसाधारणहरु हैरान भए पनि विद्युत प्राधिकरणको सुर्खेतस्थित कार्यालयले यसबारे सुचना दिएको छैन ।

अघोषित रुपमा बारम्बार बत्ती जाने समस्याले स्थानीयहरु हैरान छन् । वर्षौदेखि वीरेन्द्रनगरमा जडान भएका ट्रान्समिटरहरुको स्तरोन्नती अर्थात अपग्रेट नहुँदा यो समस्या आएको विद्युत प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणले यो समस्या तत्कालै समाधान नहुने जनाएको छ । ‘वीरेन्द्रनगरका ट्रान्समिटरहरु वर्षौ पुराना छन्, जसकाकारण लोड धान्न नसकेर बारम्बार लाइन जाने गरेको हो’ विद्युत प्राधिकरण सुर्खेतका कार्यालय प्रमुख टंकराज गिरीले भने, ‘स्थानीयले ट्रान्समिटर राख्ने जग्गा नदिँदा नयाँ ट्रान्समिटर अपटेड गर्न सकिएको छैन ।’ प्राधिकरणका अनुसार वीरेन्द्रनगरका सबै ट्रान्समिटरहरु अपग्रेट गर्नुपर्ने अवस्थामा पुगेका छन् । ‘

पहिले थोरै घरहरु थिए, सानो क्षमताको ट्रान्समिटरले धान्थ्यो । तर अहिले घरहरु बढेका छन्, अब सबै ठाउँमा ठूलो क्षमताको ट्रान्समिटर राख्नुपर्छ’ गिरीले भने, ‘प्राधिकरणलाई ट्रान्समिटर अपग्रेट गर्न कुनै समस्या छैन, तर जग्गा नपाउँदा ट्रान्समिटर अपग्रेट गर्न सकेका छैनौँ ।’ ट्रान्समिटर अपग्रेट गर्न नपाएकै कारण प्रायः साँझ र विहान लाइन झ्याप झ्याप जाने गरेको प्राधिकरणको भनाइ छ । ‘लोड धान्न नसकेर पटक–पटक ट्रान्समिटरको फ्यूज जान्छ, कहिले लाइन काट्नुपर्ने हुन्छ’ उनले थपे, ‘फ्यूज परिवर्तन गर्न र लाइन जडान गर्दा केही समय लाइन जाने गरेको हो ।’

वीरेन्द्रनगरका सबै टान्समिटरहरु अपग्रेट नहुँदासम्म बत्ति जाने समस्याबाट मुक्ती नपाउने उनी बताउँछन् । विद्युत खपतकोदर बढेसँगै टान्समिटरहरु अपग्रेट गर्नुपर्न उनको भनाइ छ । विद्युतीय सामग्रीका प्रयोगकर्ताहरु र उद्योगधन्दाहरु दिन प्रतिदिन बढ्दै गएका कारण ट्रान्समिटरहरु अपग्रेट गर्नुपर्ने अवस्था आएको विद्युत प्राधिकरणको भनाइ छ ।

उद्योगी पनि हैरान

बारम्बार विद्युत जाने समस्याका कारण सुर्खेतका उद्योगी तथा व्यवसायीले ५० प्रतिशत मात्रै काम गर्न पाएका छन् । ‘एक दिनमा ५० देखि एकसय पटकसम्म विद्युत जान्छ’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावलतले भने, ‘विद्युतको समस्या कारण ५० प्रतिशत मात्रै काम भएको छन्, मेसनरी सामान बिग्रिएर हैरानी भएका छौँ ।’

पटक–पटक वत्ति जाँदा हैरानी भएपछि व्यवसायीहरुले विद्युत प्राधिकरण सुर्खेतलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ‘वीरेन्द्रनगरका उद्योग व्यवसायीले वर्षौदेखि विद्युतको समस्या झेल्दै आएका छन्, हप्ता दिनअघि मात्रै विद्युतको कार्यालयमा ज्ञापनपत्र बुझाएका छौँ’ अध्यक्ष रावतले भने, ‘उद्योगीहरुले १३२ केभिए प्रशारण लाईन मागेको बर्षौं भइसक्यो, भएको लाइनसमेत पटकपटक गएर हैरानी व्यहोरेका छौँ’ उनले भने, ‘ व्यवसायीका दुःख न राज्यले बुझ्छ, न त प्राधिकरणले नै ।’

एक वर्षभित्रै कालिकोटमा विद्युत पुर्याउने दाबी

साविक कर्णालीका जिल्लामा हालसम्म विद्युतको राष्ट्रिय प्रशारणलाइन पुग्न सकेको छैन । तर अब कालिकोटसम्म नयाँ आर्थिक वर्ष भित्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख सुरेन्द्र अग्रहरीले कालिकोटमा विद्युत प¥याउनका लागि हाल दुल्लु–कालिकोट खण्डमा काम भइरहेको बताए । ‘१०÷१५ किलोमिटर विद्युत प्रसारण लाइन तानिएको छ’ अग्रहरीले भने, ‘नयाँ आर्थिक वर्षमै कालिकोटमा विद्युत पु¥याउने लक्ष्य लिएका छाँै ।’

यस्तै सुर्खेतको पश्चिम क्षेत्रमा भने वन जंगल र वीरेन्द्रनगरका स्थानीयले लाइन तान्न नदिँदा प्रसारण लाइन पुर्याउन समस्या भएको छ । ‘वीरेन्द्रनगरदेखि बाँगेसिलका स्थानीयले लाइन तान्न अवरोध गरेका छन्, पश्चिम क्षेत्रका धेरै ठाउँमा जंगल कटान गरेर मात्रै लाइन तान्नुपर्ने अवस्था छ’ उनले भने, ‘स्थानीय र जंगलको समस्या समाधान भएको खण्डमा तीन महिनाभित्रै लाइन पश्चिम क्षेत्रमा पु¥याउन सकिन्छ ।’ प्रदेश राजधानी भएसँगै पुराना पोलमा लाइन तान्न र स्टेशन राख्न स्थानीयले अवरोध गर्दै आएको उनको भनाइ छ ।

‘१३२ केभिए प्रसारण लाइन नहुँदासम्म समस्या भइरहन्छ’

तत्कालका लागि ट्रान्समिटर अपग्रेट ९स्तरोन्नती० गरेर वीरेन्द्रनरमा बारम्बार विद्युतको लाइन जाने र विजुली अनियमित हुने समस्यालाई समधान गर्न सकिन्छ । तर यो दिर्घकालिन समस्या भने होइन । दीर्घकालिन समस्या साधानका लागि १३२ केभीए प्रसारण लाइन नै विस्तार गर्नुपर्ने विद्युत प्राधिकरणले जनाएको छ ।

‘अहिले त हावा लाग्ने वित्तिकै लाइन जान्छ, भोल्टेज जबढी कम र बढी आउँदा ट्रान्समिटरमा समस्या आउँछ’ विद्युत प्राधिकरण सुर्खेतका कार्यालय प्रमुख टंकराज गिरीले भने, ‘ट्रान्समिटर अपग्रेट गर्दा तत्काल विजुली जाने समस्या समाधान हुन्छ, तर दीर्घकालिन समस्या समाधानको लागि १३२ केभीए प्रशारण लाइनको विस्तार नै अन्तिम विकल्प हो ।’ वीरेन्द्रनगर प्रदेशको राजधानी भएपछि जनघनत्व र उद्योग धन्दाहरु बढ्दै गएका कारण अब १३२ केभिए प्रसारणलाइन नहुँदासम्म यहाँ विद्युतको समस्या आइरहने उनको भनाइ छ ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१ श्रावण २०७७, बिहीबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१ श्रावण २०७७, बिहीबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१ श्रावण २०७७, बिहीबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१ श्रावण २०७७, बिहीबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१ श्रावण २०७७, बिहीबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१ श्रावण २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.