वीरेन्द्रनगर : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ३ का तीन जना, वडा नं. ४ का आठ जना, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का एक जना र बराहताल गाउँपालिका वडा नं. ४ का दुइ जना छन् ।
त्यस्तै दैलेखको महावु गाउँपालिका वडा नं. ९ का दुइ जना, चामुन्डाविन्द्रासैनी नगरपालिका वडा नंं. ५, जुम्लाको पातारासी गाउँपालिका वडा नं. २ र अछामको तुर्मादाँद गाउँपालिका वडा नं. ७ का एक/एक जना छन् ।
त्यस्तै सल्यानको बनगाड पुपिन्डे नगरपालिका वडा नं. ३, वडा नं. ८ का एक÷एक जना र कुमाख गाउँपालिका वडा नंं ४ का तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार सात सय १४ जना पुगेको छ ।
यस्तै आज नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना, दैलेखको दुल्ल अस्पतालबाट चार जना, नौमुले आइसोलेसन सेन्टरबाट तीन जना, कालिकोटको सान्नीत्रिवेणीबाट चार जना र पलाँता आइसोलेसन सेन्टरबाट एक जना गरी कुल १३ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशभर एक हजार चार सय ७५ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।