सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका तीन जना कर्मचारी पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा तीन जनाको कोरोना संक्रमण पुष्टि भएको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन ।
आर्थिक मसान्तमा निकै भिड हुने शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि हप्तादिनसम्म उनीहरु कार्यरत शाखा बन्द गरिएको छ । यसअघि पनि वीरेन्द्रनगरकै एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नगरपालिकाका कुल चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मंगलबार वीरेन्द्रनगरका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेको सामाजिका विकास मन्त्रालयका अनुसार नगरपालिका वडा नं. ८, १२, एक/एक जना वडा नं. १० मा दुइ जना छन् । पछिल्लो २४ घण्टामा वीरेन्द्रनगरका चार जनासहित कर्णालीमा २७ जना नयाँ संक्रमण थपिएका छन् । जसमध्ये सुर्खेतको भेरी गंगा नगरपालिका वडा नं. ४ मा तीन जना, वडा नं. ५ मा दुइ जना, वडा नं. ८, ११, १३ का एक÷एक जना, लेखबेशी नगरपालिका वडा नं. ३ र बराहताल गाउँपालिका वडा नं. ५ मा एक/एक जना छन् ।
त्यस्तै जुम्लाको पातारासी गाउँपालिका वडा नं. ६,चन्द्रननाथ नगरपालिका वडा नं. १, ५, सिंजा गाउँपालिका वडा नं. ३, हिमा गाउँपालिका वडा नं. १, जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ५ र काठमाडौं महानगरपालिका वडा नं. १६ का एक/एक जना छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, नारायण नगरपालिका वडा नं. ४, दुल्लु नगरपालिका वडा नं. ३, वडा नं. ४ र वडा नं. ८ एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मंगलबार नै कर्णाली प्रदेशका विभिन्न आइसोलेनबाट सात जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जनाए ।