जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले मुख्य बजार क्षेत्रका व्यवसायीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सर्तकता अपनाउँदै खलङ्गामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना संक्रमण देखिएकाले स्थानीय प्रशासनले फेरी निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
विभिन्न समयमा संक्रमित भएका १६ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आईसुलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले जानकारी दिए । २ बालबालिका र ३ जना अभिभावक पनि भिन्नै आईसुलेसनमा राखिएको छ । पछिल्लो समय सुत्केरीमा पनि संक्रमण देखिएको छ । यसैगरी दुई जना कालिकोट फिल्डमा गएका स्वास्थ्यकर्मीहरुलाई समेत कोरोना पोजेटिभ देखिएको छ ।