आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बारेकोट पहिरोमा परेका ३ जनाले ज्यान जोगाए, पिडित भन्छन्, ‘पालमा समेत निद्रा लाग्दैन’

रासस by रासस
२९ असार २०७७, सोमबार
193
SHARES
364
VIEWS
FacebookTwitter
बारेकोट पहिरोमा परेका ३ जनाले ज्यान जोगाए, पिडित भन्छन्, ‘पालमा समेत निद्रा लाग्दैन’

जाजरकोट : बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् ।

गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो । शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हालसम्म ११ जनाको मात्र शव फेला परेको छ । बिरामी छिमेकीलाई भेट्न भएका कलु सार्कीका श्रीमान् तुले र उनका १४ वर्षीय छोरा रमेश छोरा कुम्दस्थित गोठमा गएका कारण बाँच्न सफल भएका हुन् ।

छ जनाको परिवार रहेको तुलेले श्रीमती कलु, छोरी तिर्खा, कमला र कान्छो छोरा सुभासलाई गुमाउनुपरेको छ । अर्का मृतक घरमुली गोपाल सार्कीका १३ वर्षीय छोरा पवनको मामाघर सुवाकोट गएका कारण ज्यान जोगिएको छ । पवनले बाबा गोपाल, आमा पुष्पा, बैनी लक्ष्मी र भाइ अर्जुनलाई सदाका लागि गुमाएका छन् । त्यस्तै कलुका घरमा पाहुना आएकाले कुशे गाउँपालिका–९ चौताराका तीन भाइबहिनीले समेत सार्कीगाउँकै पहिरोमा परी ज्यान गुमाएका छन् ।

आफन्त गुमाएकाहरू विद्यालयमा शरण लिएर बसेका छन् । विद्यालयमै काजकिरिया शुरु भएको छ । आफन्तको यादमा शुक्रबारदेखि आफन्तका आँशु थामिएका छैनन् ।

विस्थापित पाल र विद्यालयमा

बाँचेका सबै स्थानीय विद्यालयमा बस्दै आएका छन् । सार्कीगाउँका मात्र ३२ घर विस्थापित भएको छ । बोहोराटोलमा १९ घर विस्थापित भएको छ । अन्य सबै वडा ५, १ लगायतका ठाउँमा गरी ५०० भन्दा बढी घरधुरी विस्थापित भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।

विस्थापित सार्की परिवारले जग्गा र अस्थायी घर निर्माण गर्न राज्यले सहयोग गर्नुपर्ने बताएका छन् । अहिले अस्थायीरुपमा ज्यान जोगाउन विद्यालयमा बसेका सर्वसाधारणले विकल्प दिन सरकारसँग माग गरेका छन् । विस्थापित लोकेन्द्र बोहोरा भन्छन, ‘चिराचिरा परेको जमीन भत्किएको घर टाढैबाट हेरेर चित बुझाउँछौँ । केही मकै छ हामीसँग तर पिस्नका लागि घट्ट सबै खोलाले बगाउँदा समस्या भएको छ । स्थानीय बजारमा चामल छैन कसरी बाँच्ने ?’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी नायकबाडा बारेकोटमा एक गेडा चामल छैन । जनता आवास कार्यक्रम लागू गर्न सर्वसाधारणको माग छ ।

विद्यालयमै किरिया

बाह्र मध्ये १० जनाको शव जलाएर विद्यालयमा नै काजकिरियाको काम शुरु भएको छ । आज भेटिएका कमला सार्कीको दाहसंस्कार भए पनि लक्ष्मी सार्कीको दाहसंस्कार हुन बाँकी छ । पहिरो तथा खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिए । त्यस्तै बारेकोट–६ धुमामा बेपत्ता दुई जनाको शव अझै फेला पर्न सकेको छैन ।

जुनिचाँदे–११ का डिल्ली चदारासमेत अझै फेला पर्न सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले हराएकाको खोजीकार्य जारी राखेका छन् ।

वनमन्त्रीको राहत

आइतबार राहत लिएर काठमाडौंबाट सार्कीगाउँ जाने भनिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायतको टोली आजमात्र हेलिकप्टरबाट गाउँ पुगेको छ ।

खराब मौसमका बीचमा गाउँ पुगेको मन्त्री बस्नेत सवार हेलिकप्टर प्रभावित गाउँमा अवतरण हुन नसक्दा ठकुरी जिरी गएर अवतरण गरी राहत सामग्री उपलब्ध गराएको छ । मन्त्रीलाई भेट्ने आशामा बसेका सर्वसाधारणले खराब मौसमका कारण भेट्न पाएनन् ।

दुई ठाउँमा हेलिकप्टर अवतरण गरे पनि हेलिकप्टर नै माटोमा गाडिएपछि छिटोछिटो हेलिकप्टर उडाइएको थियो ।

गाउँपालिकाद्वारा किरिया खर्च

बारेकोट गाउँपालिकाले मृतकका आफन्तलाई किरिया खर्च उपलब्ध गराएको छ । एकै घरका धेरै मृत्यु भएपछि आफन्तलाई पीडा खेप्न समस्या भएको छ ।

विस्थापितले तुरुन्तै राहत र पुनःस्थापना गर्न माग गरेका छन् । एकै ठाउँमा दर्जनौँ मानिस बसिरहेकाले व्यवस्थापनमा समस्या भएको छ ।

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
भर्खर

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

२९ असार २०७७, सोमबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

२९ असार २०७७, सोमबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

२९ असार २०७७, सोमबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२९ असार २०७७, सोमबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२९ असार २०७७, सोमबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२९ असार २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.